मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण १२ शनिबार
  • Tuesday, 01 September, 2026
२o८o फाल्गुण १२ शनिबार १८:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा फेरि अर्को बाघ मारेर गाडेको अवस्थामा भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १२ शनिबार १८:o१:oo

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका– १५ को नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको छ। रोयल बेंगल टाइगर प्रजातिको भाले वयस्क बाघ मृत फेला परेको चोरमारा रेन्जपाेस्टका वन अधिकृत दुर्गादत्त कँडेलले जानकारी दिए।

उनका अनुसार पूर्व-पश्चिम सडकबाट ५ सय मिटर दक्षिण, अरुणखोला बजारबाट १ किलोमिटर पूर्व, हर्बासटार गाउँबाट डेढ किलोमिटर उत्तरमा बाघ भेटिएको हो। बाघ जंगलको खोल्सामा खाल्टो खनेर गाडेको अवस्थामा भेटिएको हो। बाघ मारेर गाडिएको बताइएको छ। 

जंगलमा हेरालुले गन्हाएको थाहा पाएपछि हेर्दा बाघको पछाडिको खुट्टा देखिने गरी पुरिएको अवस्थामा देखेपछि सामुदायिक वनका पदाधिकारीलाई खबर गरेका थिए।

बाघको शवलाई खनेर निकालिएको छ। उक्त बाघलाई भोलि पोस्टमार्टम गरिने बताइएको छ। यसअघि नवलपुरको मध्यविन्दु– १२ अरुणखोला बजारनजिकै पनि एउटा भाले पाटेबाघ मृत फेला परेको थियो ।