१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख १७ सोमबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कलेजो रोगबाट पीडित टोपबहादुरद्वारा सहयोगको याचना

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:३५:oo

कलेजो रोगबाट पीडित इन्द्रावती गाउँपालिका– १ निवासी ५८ वर्षीय टोपबहादुर लामाले सहयोगका लागि सबैसँग सहयोगको याचना गरेका छन् । एक महिनादेखि रोगले थलिएका लामाले कलेजो प्रत्यारोपण गर्न आर्थिक सहायता मागेका हुन् । 

उनको आर्थिक अवस्था कमजोर छ । भक्तपुरस्थित सहिद धर्मभक्त नेसनल ट्रान्सप्लान्ट सेन्टरले कलेजो प्रत्यारोपण गर्न भनेकाले आर्थिक संकलन गर्नुपर्ने अवस्था आएको हो । अस्पतालले क्रोनिक लिभर डिजिज भनेर निदान गरेको र प्रत्यारोपणको विकल्प नभएको बताएको छ ।

लिभर ट्रान्सप्लान्ट सर्जन डा. सपना वर्माले तत्काल २० लाख जम्मा गर्न भनेकी छिन् । सामान्य खेती–किसानी गरेर जीवनयापन गर्दै आएका लामा महिना दिनदेखि गोकर्ण नयाँपाटीमा डेरा लिएर बस्दै आएका छन् ।

कलेजो पूर्ण रूपमा बिग्रिएकाले प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको भनाइपछि छरछिमेकले पनि आर्थिक जुटाउन लागेका छन् । तर, सानो गाउँ भएकाले सरसापटबाट धेरै नउठ्ने लामाले बताए ।

उनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रहेको खाता नंं. १७३०५२२००००३२१ मा सहयोग जम्मा गरिदिन अनुरोध गरेका छन् । उनलाई अहिले डेराबाट भक्तपुर लगेर चिकित्सकको निगरानीमा राखिएको छ ।
 

ad
ad