१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एलजीले पायो एआई म्यानेजमेन्ट सिस्टम सर्टिफिकेसन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:५५:oo

एलजी इलेक्ट्रोनिक्स (एलजी)ले हालै कोरियन स्ट्यान्डर्ड एसोसिएसन (केएसए)बाट एआई प्रबन्धन प्रणाली (एआइएमएस) सर्टिफिकेसन (आइएसओ : आइइसी ४२००१) प्राप्त गरेको छ । एलजीको एआई प्रयोग गरिएका घरेलु उपकरणमा जिम्मेवारपूर्ण तवरले एआई म्यानेजमेन्ट गरिएको र कडा सुरक्षालाई प्राथमिकता दिएकाले यो प्रमाणपत्र प्राप्त गरेको हो ।

एआइएमएस प्रमाणीकरणले सुरक्षा, निष्पक्षता, पारदर्शिता र जवाफदेहितालगायत आफ्ना एआई उत्पादन र सेवासँग सम्बन्धित सम्भावित मद्दाहरूमा कडा नियन्त्रण सुनिश्चित गर्न एलजीको निरन्तर र व्यवस्थित प्रयास प्रमाणित गरेको कम्पनीको भनाइ छ । यो प्रमाणीकरणमार्फत एलजीले ग्राहकको विश्वास बढाउन र आफ्नो प्रतिस्पर्धात्मकतालाई बलियो बनाउने लक्ष्य राखेको जनाइएको छ । 

गत वर्ष, स्वतन्त्र सुरक्षा विज्ञान कम्पनी युएलद्वारा वासिङ मेसिन र ड्रायरका लागि सम्मानित हुँदै एलजीले डिप लर्निङ एआई प्रमाणीकरण प्राप्त गर्ने पहिलो गृह उपकरण निर्माताका रूपमा आफूलाई अलग प्रमाणित गरेको उल्लेख गरेको छ । साथै, कोरिया इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइटिइसिएच)बाट एआईमा आधारित एलजी वासटावरका लागि एआई सेफ्टी सर्टिफिकेसन प्राप्त गरेको जनाएको छ । 

एजी इलेक्ट्रोनिक्स होम एप्लायन्स र एयर सोलुसन कम्पनीका अध्यक्ष ल्यु जेचुलले भने, यस प्रमाणीकरणले हामीले एक व्यापक एआई व्यवस्थापन प्रणाली स्थापना गरेका छौँ र हाम्रा ग्राहकलाई राम्रो जीवनका लागि सुरक्षित, जिम्मेवार एआई आधारित समाधान प्रदान गर्न प्रतिबद्ध छौँ भनेर देखाउँछ ।

ad
ad