१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

इन्फिनिटी लघुवित्तका शाखा प्रमुखलाई तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१८:oo

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शाखा प्रमुख तथा अनुगमन अधिकृतहरूलाई तालिम दिएको छ । कम्पनीले ‘नेभिगेटिङ च्यालेन्जेज–एम्ब्रासिङ अपरच्युनिटिज’ विषयमा तालिम दिएको हो । 

देशका ४३ जिल्लाका ९५ वटा शाखाका प्रमुख तथा अनुगमन अधिृकतहरूलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाको अध्यक्षतामा कार्यक्रम भएको जनाइएको छ ।

कार्यक्रममा वर्तमान परिवेशमा लघुवित्त क्षेत्रमा देखिएका चुनौतीलाई सामना गर्दै उपयुक्त अवसरको खोजीमा लाग्नुपर्ने भएकाले कर्मचारीलाई समय–समयमा यस्ता तालिम सञ्चालनले समग्र लघुवित्त क्षेत्रमा कार्यक्रमको गुणस्तरमा समेत सुधार आउने नायब प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले बताए । 

तालिमलाई पूर्ण रूपमा व्यवहारमा कार्यान्वयन गरी आगामी दिनमा लघुवित्त क्षेत्रमा गुणस्तरीय सेवासहित प्रभावकारी कार्यक्रम विस्तार गर्न संस्थाका संस्थापकहरू दिनेश अधिकारी र रविन नेपालले कर्मचारीलाई प्रेरित गरेका थिए । कार्यक्रममा वित्तीय संस्थाका विभागीय प्रमुखहरू प्रेमबहादुर थापा, अन्जना प्याकुरेल, नयन देवकोटा र प्रभात न्यौपानेको समेत उपस्थिति रहेको जनाइएको छ । 
 

ad
ad