१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण ५ शनिबार १७:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा अलपत्र सडक निर्माण सुचारु गर्न माग गर्दै मार्च

Read Time : < 1 मिनेट
२०८० फाल्गुण ५ शनिबार १७:२०:००

सिराहाको दक्षिणी सीमावर्ती लगडीगदियानी–गोलबजार सडक निर्माण सुचारु गर्न माग गर्दै हुलाकी सडक संघर्ष समिति सिराहाले थालेको दुईदिने पैदल मार्च गोलबजार आइपुगेको छ।

ठेक्का सम्झौता भएको दुई वर्ष आठ महिनामा निर्माण सम्पन्न गरिसक्नुपर्ने २७ किलोमिटर लामो लगडीगदियानी– गोलबजार सडक अलपत्र पारेको भन्दै निर्माण सुचारुको मागसहित समितिको आह्वानमा दुईदिने पैदल मार्च थालिएको हो।

सीमावर्ती गाउँ लगडीगदियानीदेखि शुक्रबार थालिएको पैदलमार्च सिकाजोती, कट्टी, जोगियाटोल, सन्हैठा, हकपाडा, हरकट्टी हुँदै राती अर्नमामा वास बसेर शनिबार बिहानदेखि पुनः लालपुर, बुढियाचाप, महनौर हुँदै मध्याह्नमा बेतौना आइपुगेको संयोजक रामरिझन यादवले बताए। उनका अनुसार पैदल मार्चको शनिबार अपराह्न गोलबजार आइपुगेर समापन गरिँदै छ।

संयोजक यादवको नेतृत्वमा रहेको पैदल मार्चमा सिराहा १९, २० र २२ का वडाध्यक्षहरू क्रमशः अशोक यादव, जीवछनारायण यादव, रामचन्द्र यादव, समाजसेवी डा. जयनारायण यादव, महिला नेतृ देवझारी यादवसहित करिब ६० जनाको सहभागिता रहेको जनाइएको छ।

२०७७ भदौमा ९१ करोड ४१ लाख रुपैयाँमा कन्ट्याक कन्स्ट्रक्सनले २०७९ चैतमा निर्माण गरिसक्ने गरी ठेक्का लिएको उक्त सडकको विभिन्न खण्डमा नाला, कल्भर्टसमेत नहाली अलपत्र छोडिएको यादवले बताए।  

‘सडक निर्माण अधुरै रहेकाले सरकारले आगामी चैतसम्मको म्याद थपेको सुनिएको छ,’ उनले भने, ‘तर, अहिलेसम्म २७ किलोमिटर खण्डमा कतै पनि कालोपत्रे गरिएको छैन।’ ठेकेदार कम्पनीको बदमासीले स्थानीय बासिन्दाले ६ महिना धुलो र ६ महिना हिलाम्मे बाटोमा हिँड्न बाध्य भएकाले दबाबका लागि पैदल मार्च गरिएको उनले बताए।