Read Time : < 1 मिनेट
२o८१ बैशाख २० बिहीबार १५:५२:oo
सिराहा प्रहरीले सिराहाको दुई छुट्टाछुट्टै ठाउँबाट कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ।
गोलबजार नगरपालिका– ६ लक्ष्मी मन्दिरनजिक घर भएका ३८ वर्षीय रामएकवाल गिरीलाई प्लास्टिकको पोका बनाई आफ्नै घरमा लुकाएर राखेको १२.७ ग्राम ब्राउनसुगरसहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। प्रहरीका अनुसार उनलाई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ।
यसैगरी, सिराहा नगरपालिका– ९ गुलरिया चोकबाट स्थानीय २५ वर्षीय अजयकुमार दास २४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्। १९ चैतमा स.९प ७३७९ नम्बरको मोटरसाइल चढेर आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा उनी ब्राउनसुगरसहित पक्राउ परेका हुन्।
दासविरुद्ध सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।