१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण ४ शुक्रबार १०:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबलले ग्राहकलाई वित्तीय साक्षरता गराउँदै

Read Time : < 1 मिनेट
२०८० फाल्गुण ४ शुक्रबार १०:२९:००

ग्लोबल आइएमई बैंकको तम्घास शाखाले बिहीबार वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । शाखाले डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

 कार्यक्रममा स्थानीय बजारका व्यापारी, विद्यार्थी, युवा गरेर एक सयभन्दा बढी सहभागी थिए । सहभागीलाई वित्तीय लक्ष्य निर्माण, बचत, ऋण, बजेट, रेमिट्यान्स, बैंकिङ जालसाजी, डिजिटल बैंकिङ गर्दा ख्याल राख्नुपर्ने कुराका बारेमा शाखा प्रबन्धक योगेन्द्र रायमाझी र कर्जा शाखाका आनन्द गैरेले प्रशिक्षण दिएका थिए । बैंकले जिल्लामा वित्तीय सेवासँगै सामाजिक उत्तरदायीअन्तर्गत विभिन्न रचनात्मक एवं सिर्जनात्मक काम गर्दै आएको छ । 

डिजिटल बैंकिङसम्बन्धी अभिमुखीकरण नहुँदा र असावधानीका कारण ठगीका घटना भइरहेका छन् । जसलाई न्यूनीकरण गर्न ग्लोबल आइएमई बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रम निकै फलदायी रहेको सहभागी तथा रेडियो रेसुंगाकी स्टेसन म्यानेजर अनिता खत्रीले बताइन् । अहिले हरेक नागरिक कुनै न कुनै बैंक र इन्टरनेटको पहुँचमा रहेकाले बैंकहरूले समन्वय गरेर सबै ग्राहकसम्म वित्तीय साक्षरता पुर्‍याउनुपर्ने उनको भनाइ थियो । बैंकले जिल्लाभरमा सात शाखा तथा २१ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको छ ।