१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका सल्लेरी (सोलुखुम्बु)
२o८१ बैशाख २० बिहीबार ११:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्वस्त्र अवस्थामा महिलाको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सल्लेरी (सोलुखुम्बु)
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२४:oo

सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार ओखलढुंगा खिजिदेम्बा गाउँपालिका– ६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको हाे । 

‘मंगलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो,’ उनले भने, ‘मृतक महिलाको शरीरमा कपडा छैन, उनको केही दिनअघि मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।’ 

शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको उनले बताए ।  घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

केही दिनअघि सोलुदुधकुण्ड नगरपालिका– ८ केरुङ खोला किनारमा महिलाको कपडा र केही नगदसमेत फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खबरलगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो । कपडा कसको हो भन्नेबारे प्रहरीको अनुसन्धान जारी रहँदा ती महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो । 

ad
ad