१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ३ बिहीबार
  • Wednesday, 02 July, 2025
२o८o फाल्गुण ३ बिहीबार १o:३५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चिनियाँ नयाँ वर्षको अवसरमा भक्तपुरमा विशेष सांस्कृतिक प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ३ बिहीबार १o:३५:oo

चिनियाँ नयाँ वर्षको अवसरमा भक्तपुरमा विशेष सांस्कृतिक प्रदर्शन भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति र नेपालस्थित चिनियाँ राजदूत छन सोङले बुधबार लायकु भक्तपुरमा प्रदर्शनको समापन गरे । 

कार्यक्रममा प्रमुख प्रजापतिले चिनियाँ कम्युनिस्ट पार्टीका नेता सी जिनपिङ र सम्पूर्ण चिनियाँ जनतामा बधाई तथा शुभकामना व्यक्त गरे । उनले नेपाल–चीनबीचको मित्रता र सांस्कृतिक सम्बन्ध युगौँ पुरानो भएको बताए ।

उनले भने, ‘१३औँ शताब्दीमा नेपालका वास्तुकलाविद् अरनिको चीन गएर निर्माण भएको श्‍वेत चैत्य नेपाल–चीनबीचको सयौँ वर्षअघिदेखिको मित्रता र सांस्कृतिक सम्बन्धको बलियो प्रमाण हो ।’

उनले चीनको सछुवान प्रान्तका पार्टी सचिव वाङ स्याओहुई, पोलिटब्युरो सदस्य तथा छोङछिङ नगरपालिकाका पार्टी समितिका सचिव युआन चियाच्युन, सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका कम्युनिस्ट पार्टीका सचिव वाङ च्युङचङले भक्तपुरको अवलोकन भ्रमण गरेको स्मरण पनि गरे ।