बालिका बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नारायण नगरपालिका– ८ का वीरेन्द्रबहादुर बस्नेतलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
२० माघमा १२ वर्षीया ‘६२ दैलेख क’लाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । पीडित परिवारले किटानी जाहेरी दिएलगत्तै प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
घटनालगत्तै प्रहरीले बालिका बलात्कार भएको स्थानका प्रमाणहरू संकलन गर्दै बालिकाको स्वास्थ्य जाँचसमेत गरिसकेको छ । थप अनुसन्धान भइरहेको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिएका छन् ।