१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख १८ मंगलबार १६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नगरपालिकाको निर्णयविरुद्ध अदालत गएको भन्दै प्रमुख प्रशासकीयको कार्यकक्ष र क्वाटरमा ताला

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:५९:oo

सप्तरीको राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र क्वाटरमा तालाबन्दी गरिएको छ। अधिकृत विष्णुप्रसाद गुरुङको कार्यकक्ष र क्वाटरमा तालाबन्दी गरिएको हो।

नगरपालिकाको कार्यपालिका बैठकबाट फिर्ता पठाएका अधिकृत गुरुङले नगरपालिकाविरुद्ध अदालतमा गएको भन्दै उनको कार्यकक्ष र क्वाटरमा तालाबन्दी गरिएको नगर प्रवक्ता जयनारायण मण्डलले जानकारी दिए।

उनले भने, ‘समयमा काम नगर्ने, नगरपालिकामा राजनीति  गर्ने, कर्मचारी र जनप्रतिनिधिबीच द्वन्द्व फैलाउने गरेकोले  यस्तो गैरजिम्मेवार अधिकृत यो नगरपालिका चाहिँदैन।’

गत १९ माघमा बसेको बैठकले १ फागुनदेखि लागू हुने गरी उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाएको हो। गुरुङ गत भदौमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा राजविराज नगरपालिका आएका थिए।
 

ad
ad