१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पर्यटन बोर्डको सदस्य सचिवको जिम्मेवारी देवकोटालाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:५१:oo

नेपाल पर्यटन बोर्डको कार्यकारी समिति सदस्य मिलन देवकोटाले सदस्य सचिवको जिम्मेवारी पाएकी छिन् । बोर्ड कार्यकारी समितिको ३६२औँ बैठकले उनलाई सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । 

देवकोटा पर्यटन बोर्डको पहिलो महिला सदस्य सचिव बनेकी छिन् । पर्यटन बोर्ड १६ माघदेखि कार्यकारी प्रमुखविहीन बनेको छ । पर्यटन सचिव एवं बोर्डका अध्यक्ष डा. दीपक काफ्लेले कार्यकारी प्रमुखको नियुक्ति नभएसम्म (बढीमा तीन महिना)का लागि देवकोटालाई जिम्मेवारी दिएका हुन् ।

पर्यटन बोर्डको कार्यकारी समितिको अध्यक्षमा पर्यटनमन्त्री रहने व्यवस्था छ । अहिले बोर्डमा तीनजना कार्यकारी सदस्य चयन गर्ने प्रक्रिया जारी छ । कार्यकारी सदस्यहरू चयनपछि बल्ल कार्यकारी प्रमुख छनोट गरिन्छ । 

 

ad
ad