१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एक्स कस्मोपोलिटिएनले सुरु गर्‍यो नेपालमा पहिलोपटक रिभर्स एजिङ सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o६:oo

नेपालमा रिभर्स एजिङको अनुभव दिने उद्देश्यसहित स्थापना भएको एक्स कस्मोपोलिटिएनको औपचारिक सुरुवात भएको छ । दुबईका राजपरिवारका सदस्य शेख जुमाबिन मक्तौम अल मक्तौमको कार्यालयका कार्यकारी निर्देशक तथा सल्लाहाकार यकुब अल अली र नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले रिबन काटेर आउटलेटको उद्घाटन गरेका छन् । 

आउटलेटको उद्घाटन गर्दै अल अलीले नयाँ र अपरिहार्य सेवाको नेपालमा सुरुवात भएको भन्दै खुसी व्यक्त गरे । महासंघ अध्यक्ष ज्ञवालीले नेपाल प्राकृतिक रूपमा सम्पन्न भएको अवस्थामा त्यस्ता स्रोत र साधनको प्रयोगबाट एक्स कस्मोपोलिटिएनले गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिन् । 

मानिसको औसत आयु घट्दै गइरहेको सन्दर्भमा हिमाली जडीबुटीको प्रयोग गरी एक सय २० वर्षभन्दा दामो दीर्घ जीवन सम्भव छ भन्ने मान्यतालाई संसारभरि चेतना फैलाउने उद्देश्य रहेको कस्मोपोलिटिएनले जनाएको छ । कस्मोपोलिटिएनमा पर्सनल वेलकेयर र शोभिनियर बुटिक गरी दुई प्रकारका सेवा उपलब्ध हुने बताइएको छ । नेपालीलगायत नेपालमा घुम्न आउने पर्यटकलाई नै लक्षित गरेर शोभनियर बुटिकको स्थापना गरिएको कस्मोपोलिटिएनकी संस्थापक सरिता अधिकारीले बताइन् ।

ad
ad