१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तर्क्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३o:oo

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताबीच अन्तर्क्रिया  कार्यक्रम गरेको छ । कम्पनीले उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताको उपस्थितिमा कार्यक्रम गरेको हो । 

अन्तर्क्रियाको उद्घाटन गर्दै कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले अभिकर्ताबीच आपसी साथ, सहयोग र सद्भाव कायम गर्न कम्पनीले अन्तर्क्रिया  कार्यक्रम आयोजना गरेको बताए । 

यस किसिमका कार्यक्रमले अभिकर्तामा काम गर्न ऊर्जा प्राप्त हुने उनले विश्वास व्यक्त गरे । कम्पनीका नायब महाप्रबन्धक सोनबहादुर मगरले बिमाका बिक्रीकला तथा व्यावसायिक जीवनमा आफूले भोगेका अनुभवबारे प्रेरणादायी प्रस्तुतीकरण दिएका थिए । 

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई सम्मान गरिएको थियो । उपत्यकाबाट कार्यक्रममा उपस्थित भएका एमडिआरटी २०२४ मा छनोट भएका अभिकर्तालाई केक काटी सम्मान गरिएको थियो । साथै, अभिकर्ता स्किमअन्तर्गत लक्की ड्रमार्फत स्कुटर विजेता पाटन शाखामा कार्यरत एजेन्सी म्यानेजर पवनकुमार शाहीलाई स्कुटर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

ad
ad