१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १o:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:१७:oo

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेका छन् । लघुवित्तका बेथरी, पडसरी, सिसहनिया, ओखरकोट, ठाकुरद्वारा, बाँसगढी र सुलीचौर शाखाले कार्यक्रम गरेका हुन् । 

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गरेको जनाएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गरी स्थानीय जनप्रतिनिधि, भद्रभलादमीको उपस्थितिमा संस्थामा आबद्ध सदस्य तथा गैरसदस्यलाई विभिन्न विषयमा प्रशिक्षण दिएको जनाइएको छ । 

प्रशिक्षणमा दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवासम्बन्धी ज्ञान, भविष्यका लागि बचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोग गर्ने तरिका, व्यवसाय व्यवस्थापनजस्ता विषय समेटिएको संस्थाले जनाएको छ ।

 यस कार्यक्रमबाट सहभागीले कर्जाको सदुपयोग कसरी गर्ने, कर्जा लिएर कस्तो प्रकारको व्यवसाय गर्ने, कसरी आम्दानी बढाउने, बचत कसरी बढाउने र खर्च कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विशेष ज्ञान हासिल गर्न पाएको बताए । कार्यक्रम भएका शाखाहरूको कार्यक्षेत्रभित्रका करिब तीन सय ५० जनाले कार्यक्रममा सहभागिता जनाएको उल्लेख छ । हाल संस्थाले दुई सय ८७ शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । 

ad
ad