१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १७:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हात्तीपाइलेविरुद्धकाे अभियानमा कपिलवस्तु १५औँ पटक पनि असफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:१६:oo

कपिलवस्तुमा ०६४ सालदेखि हात्तीपाइलेविरुद्ध अभियान सञ्चालन भए पनि असफल भएको छ। हात्तीपाइले रोगको १५ चरणको अभियान सञ्चालन गरिएको कपिलवस्तु फेरि हात्तीपाइले रोगको नमुना परीक्षण गर्दा असफल भएको बताइएको छ। 

कीटजन्य रोग अनुगमन तथा तालिम केन्द्र हेटौँडाले गत पुस १७ देखि एक हप्तासम्म जिल्लाका चार पालिकामा गरेको ‘आइडिए इनपेक्ट सर्भे’ पहिलो शून्य नमुना परीक्षणबाट सो तथ्यबाहिर आएको हो। २० वर्षमाथि उमेर समूहका व्यक्तिको नमुना रक्त संकलन गरी परीक्षण गरिएका हो। 

कपिलवस्तुको महाराजगन्ज र कृष्णनगर नगरपालिका तथा वाणगंगा र शिवराज नगरपालिकामा गरी एक हजार दुई सय ५८ जनाको नमुना रक्त परीक्षण गर्दा १२ जनामा माइक्रो फाइलेरियाको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन उदयचन्द्र चौरसियाले बताएका छन्।

जिल्लामा स्वास्थ्यर्मीको टोलीले दुई क्लस्टर बनाएर नमुना परीक्षण गरेको र क्लस्टरअनुसार दुवै ठाउँमा बढी माइक्रो फाइलेरियाका जीवाणु भेटिएको बताएको छ।

१ प्रतिशतभन्दा बढी देखिएमा असफल हुने प्रावधान रहेको बताएको छ। शिवराज नगरपालिकामा तीन सय २३ जनामा परीक्षण गर्दा सातजना, कृष्णनगर नगरपालिकामा तीन सय नाैजनामा गर्दा चारजना, महराजगन्ज नगरपालिकामा तीन सय १२ जनामध्ये एकजना र वाणगंगा नगरपालिकामा तीन सय १४ जनामध्ये शून्यजनामा माइक्रो फाइलेरियाको जीवाणु भेटिएको छ।

सर्वेक्षण गर्दा कुनै स्थानको दुई वा सोभन्दा कम नतिजा आएमा पास भएको र त्योभन्दा बढी देखिएमा असफल भएको मानिनेछ। तीन वा सोभन्दा माथि फेला परे पुन: सर्भेको काम हुनेछ। जिल्लामा ०६४ सालदेखि हात्तीपाइलेविरुद्ध अभियान सञ्चालन हुँदै आएको छ।

०७८ र ०७९ मा चलाइएको अभियानमा जिल्लामा ८० प्रतिशतभन्दा बढीले औषधि खाएको प्रतिवेदन छ। सन् २००५ मा सर्भे गर्दा जिल्ला सफल भएको थियो। त्यसवेला पाँचजनाको नमुना रक्त संकलन गर्दा १‍.६६ जनामा मात्र रोगको परजीवी देखिएको थियो।

त्यसपछि २०१३ मा ४.५, २०१५ मा १४.८४, २०१८ मा १२.६७ प्रतिशतमा परजीवीको भेटिएको बताइएको छ। २०२२ मा झन् महाराजगन्जमा २८ र बहादुरगन्जमा ३१ जनाको नमुना रक्त परीक्षण पछि ४८.४ र ९.६ प्रतिशतमा परजीवी भेटिएको थियो।

सरकारले सन २०३० सम्म हात्तीपाइले निवारण गर्ने लक्ष्य लिएको छ। विगत वर्षमा यो रोगविरुद्ध आमऔषधि सेवन ९ एमडिए शून्य सञ्चालन गरिएकोमा २०७८ देखि आइडिए अभियान हुँदै आएका छन्। अहिले  जिल्लामा यस वर्ष हात्तीपाइलेविरुद्धको अभियानका लागि बजेट नभए पनि दाङका लागि राखिएको बजेट कपिलवस्तुमा पठाउने गरी तयारी भइरहेको छ। 

कपिलवस्तुमा दुई हजार सात सय २७ हात्तीपाइले रोगी भेटिएका छन्। १५ वर्षे अभियानमा अहिलेसम्म २० करोडभन्दा बढी खर्च भएको स्वास्थ्य कार्यालयको अनुमान छ। तर, उपलब्धि भने न्यून देखिएको पाइएको छ। अभियानका नाममा एक हजार एक सयभन्दा बढी महिला स्वास्थ्य सेविकासहित तीन हजारभन्दा बढी स्वास्थ्यका कर्मचारी खट्ने गर्छन्। 

ad
ad