१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लक्ष्य पूरा गर्ने अभिकर्तालाई नेसनल लाइफको भ्रमण योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:३६:oo

कम्पनीको मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्तालाई नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी लक्जरी टुर गराएको छ । जसअन्तर्गत कम्पनीले अभिकर्तालाई लुम्बिनी र पाल्पाको रानीमहल भ्रमण गराएको हो । कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा  प्रमुखहरू र देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल भएका चार सयभन्दा बढी वरिष्ठ अभिकर्ताहरू कार्यक्रममा सहभागी भएको जनाइएको छ ।

उक्त अवसरमा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेको कम्पनीले जनाएको छ ।

उपप्रमुख कार्यकारी अधिकृत कँडेलले यस्ता भ्रमण कार्यक्रमबाट देशका विभिन्न क्षेत्रका अभिकर्ताबीच एक–आपसमा अन्तक्र्रिया पनि हुने र मनोरञ्जन पनि प्राप्त हुनुका साथै अभिकर्ता समूहको दक्षता अभिवृद्धिमा समेत प्रत्यक्ष लाभ पुर्‍याउने बताए । त्यसैले कम्पनीले यस प्रकारको अभिकर्ता योजना ल्याएको र अभिकर्ताको उत्साहजनक उपस्थितिले योजना अत्यन्तै सफल भएको उनको भनाइ थियो । 

ad
ad