१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ १८ बिहीबार २०:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनचाँदी पसलमा लागेको आगो नियन्त्रणमा

Read Time : < 1 मिनेट
२०८० माघ १८ बिहीबार २०:०८:००

दाङको तुलसीपुरस्थित एक सुनचाँदी पसलमा लागेको आगो नियन्त्रणमा आएको छ। तुलसीपुर– ५ ‘क’ लाइनस्थित वाणिज्य बैँक बसेको तल्लो तलामा रहेको न्यू नेपाल सुनचाँदी पसलमा साँझ ७ बजेतिर आगलागी भएको हो। 

आगो पौने आठ बजेतिर नियन्त्रणमा लिन सफलता मिलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए। सुनचाँदी  पसलमा आगोले सुन, चाँदीलगायत बहुमूल्य वस्तु जलेर नष्ट भएका छन्। सोही स्थानमै रहेको भाग्यलक्ष्मी इन्टरप्राइजेजका कपडामा पनि केही क्षति पुगेको छ। उक्त पसल ललित गुप्ताको हो।