मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर १७ शुक्रबार २१:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर १७ शुक्रबार २१:२०:००

काठमाडौंको सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा आएको छ। काठमाडौं महानगरपालिका– १७ खुसिबुस्थित नर्सरी चोक नजिक रहेको आशिष गलैँचा स्टोरमा आज दिउँसो २ बजे लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको हो। 

 महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दिउँसो २ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सहायताले झन्डै तीन घण्टापछि नियन्त्रणमा लिएको          जानकारी दिए।

कालिकोट घर भई नयाँबजार बस्दै आएका ४९ वर्षीय जनम हमालले सञ्चालन गरेको कारखानामा आगालागी हुँदा झन्डै डेढ करोडबराबरको क्षति भएको प्रहरीले जनाएको छ। विद्युत् सर्ट भएर आगलागी हुँदा ब्यांकेट, गलैँचा र लत्ताकपडा जलेर नष्ट भएको प्रवक्ता मैनालीले बताउनुभयो।