१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार ११:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

निर्यात व्यापार अर्थतन्त्रको मेरुदण्ड : अर्थमन्त्री 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:१६:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजूव वृद्धि र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । निर्यात व्यवसायी महासंघ नेपाल (फिन)को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको बताए । 

अर्थमन्त्री डा. महतले महासंघको भूमिकाको प्रशंसा गर्दै भने, ‘तमाम निर्यात व्यवसायी साथीहरूको समर्पण र कडा परिश्रमले विश्वबजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्वपूर्ण योगदान रहँदै आएको छ ।’ 

मन्त्री महतले निर्यात व्यवसायी महासंघ नेपालले उठान गरेका सवाल र सबै मागहरू जायज रहेको उल्लेख गर्दै सरकारले चाहँदाचाहँदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसिएको र निकट भविष्यमा निर्यातकर्तालाई सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी उनले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको विषय उठाउन आवश्यक नरहेको प्रस्ट पारे । उनले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउँदै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने बताए। डा. महतले नेपाली उत्पादनहरू उच्च प्रविधियुक्तभन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिएका छन् । 

उत्कृष्ट निर्यातकर्ताहरू सम्मानित 

वार्षिकोत्सवको अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा नेपाल पस्मिना इन्डस्ट्रिज एसोसिएसनबाट कर्केनकुमार गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्स एन्ठ एक्पोर्टस् एसोसिएसनबाट महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएसन अफ नेपालबाट शक्तिकुमार गोल्यान र फेडेरेसन अफ लार्ज कार्डामोम इन्टरप्रेनर्स अफ नेपालबाट इन्द्कुमार अग्रवाल, त्यसैगरी नेपाल ह्यान्डमेड पेपर एसोसिएसनबाट पद्मरत्न धाख्वा, नेपाल हर्बस एन्ड हर्बल प्रोडक्ट्स एसोसिएसनबाट प्रसुन सत्याल, नेपाल कार्पेट प्रड्युसर एन्ड एक्सपोर्ट एसोसिएसनबाट छेवाङ डाम्डुल लामा, नेपाल जिन्जर प्रोडुसर्स एसाेसिएसनबाट श्याम लिम्बू, अर्गानिक एसाेसिएसन अफ नेपालबाट तारा बाँस्कोटा, फेयर ट्रेड ग्रुपबाट मिलन भट्टराई रहेका छन् ।

यसैगरी हिमालयन अर्थोडक्स टीबाट नीरज राठी, फुटवेयर म्यानुफ्याक्चरर एसाेसिएसन नेपालबाट अमिरप्रतापजंग राना, नेपाल कत्था उत्पादक संघबाट कैलाशचन्द्र गोयल, ह्यान्डिक्राप्ट ग्लास उद्योग फ्रफोसन एसाेसिएसन अफ नेपालबाट गोपीप्रसाद कँडेल, नेपाल ब्रुम एसाेसिएसनबाट सञ्जीव शाह, नेपाल प्लाई म्यानुफ्याक्चरर एसाेसिएसनबाट विष्णु मदोगदिया, नेपाल डेरी एसाेसिएसनबाट नीराजन कोइराला, रुद्राक्ष व्यवसायी संघबाट शालिकराम थापा र नेपाल कफी प्रोड्युसर्स एसाेसिएसनबाट बोधराज अर्याललाई सम्मान गरियाे । यस अवसर माझ निर्यात बुलेटिन २०८० का अतिथि सम्पादक सरोज ओझा र कथा नेपाललाई कदरपत्रसमेत प्रदान गरिएको छ।  

 

ad
ad