१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १२:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

जापानलाई उछिन्दै चीन बन्याे विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:३८:oo

जापान अटोमोबाइल म्यानुफ्याक्चर्स एसोसिएसन (जामा)को तथ्यांकअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ।

जापानले सन् २०२३ मा ४४ लाख २० हजार सवारीसाधन निर्यात गरेको तथ्यांकले देखाएको छ। चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चर्स (सिएएएम)ले यसै महिना सार्वजनिक गरेको रिपोर्टअनुसार चीनले निर्यात गरेको ४९ लाख १० हजारको तुलनामा यो संख्या करिब पाच लाखले बढी हो।

चीनको भन्सार ब्युरोका अनुसार सवारीसाधन निर्यात संख्या ५२ लाख २० हजार पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५७ प्रतिशतले वृद्धि हो।

चीनले सन् २०२३ को सुरुदेखि नै मासिक रूपमा जापानले भन्दा बढी सवारीसाधन निर्यात गर्दै आएको थियो र बुधबार सार्वजनिक समग्र तथ्यांकमा चीनले जापानले भन्दा बढी सवारीसाधन निर्यात गरेको देखिएको छ।

हालैका वर्षहरूमा विद्युतीय कारहरूमा ठूलो लगानीका कारण चीनको कार उत्पादन क्षेत्र ठूलो मात्रामा फस्टाएको छ। यसबाट जापानी फर्महरूलाई चुनौती थपिएको छ।

जापानी निर्माताहरूले लामो समयदेखि हाइब्रिड कार उत्पादनको सर्त राखेका छन्। हाइब्रिड कार जापानी प्रसिद्ध उत्पादन टोयटा प्रियसको जस्तै ब्याट्री पावर र आन्तरिक दहन इन्जिनबाट चल्ने कार हुन्।

चिनियाँ कम्पनी बिवाइडीले यसै महिना टेस्लाको सबैभन्दा बढी विद्युतीय सवारीसाधनको बिक्रीको रेकर्डलाई तोडेको छ। यसले बढ्दो क्षेत्रका लागि बेइजिङको बलियो सरकारी समर्थनलाई पुँजीकृत गरेको छ।

सन् १९९५ मा ब्याट्री निर्माताको रूपमा स्थापना भएको बिवाइडीले पछि प्लग–इन हाइब्रिड र सबै–इलेक्ट्रिक वाहनहरू उत्पादन गर्न आफ्नो ध्यान केन्द्रित गरेको छ। सेन्जेन क्षेत्रलाई मुख्य बजार बनाएको बिवाइडीले चीन र युरोपमा मूल्यमा टेस्लासँग प्रतिस्पर्धा गर्दछ। 

ad
ad