१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १९:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

गोली हानाहानमा ६ आतंककारीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १९:५८:oo

पश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलसँग रातभर चलेको मुठभेडमा कम्तीमा ६ आतंककारी मारिएको एक अधिकारीले मंगलबार बताएका छन्। 

प्रान्तीय सरकारका प्रवक्ता जान अचकजाईले अर्धसैनिक मुख्यालय र एक प्रहरी चौकीसहित कम्तीमा तीनवटा राज्य सुविधामा सुरक्षा बलहरूले समन्वित हमलाहरूलाई असफल बनाइदिएको बताए।

उनले मध्य बोलान जिल्लामा हमलाका क्रममा ६ आतंककारी मारिएको जानकारी दिए। मेडिकल उद्धार टोलीले हमलामा १३ सर्वसाधारण घाइते भएका र तीमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको छ। 

सशस्त्र पृथकतावादी समूह बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) ले हमलाको जिम्मेवारी लिएको छ। इस्लामाबाद दशकौँदेखि प्राकृतिक स्रोतहरूले समृद्ध पाकिस्तानको सबैभन्दा ठूलो तर सबैभन्दा गरिब प्रान्त बलुचिस्तानमा जातीय पृथकतावादी गुटहरूसँग लडिरहेको छ।

स्थानीय वासिन्दाहरूले बलुचिस्तान क्षेत्र पाकिस्तानको मानव विकास सूचकांकमा लगातार तल्लो स्थानमा रहेकाले आफूहरूलाई तेल र ग्यास भण्डारबाट सम्पत्तिको उचित हिस्सा प्राप्त नभएको बताएका छन्। 

अधिकार समूहहरूले जातीय बलुच नागरिकहरूमाथि सैन्य कारबाहीमा जबर्जस्ती बेपत्ता र गैरन्यायिक हत्याहरू समावेश भएको बताएका छन्। यसै महिना तेहरानले पाकिस्तानमा शरण लिएका इरानविरोधी आतंकवादीहरूमाथि निशाना बनाएपछि इस्लामाबादले पनि छिमेकी इरानमा शरण लिएका बिएलए लडाकुहरूमा हमला गरेसँगै यस क्षेत्रमा आतंकवादलाई लिएर तनाव बढेको छ। (रासस/एएफपी)

ad
ad