१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
अमुल थापा काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १४:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

ट्रली बस : ‘कोमा’मा पुगेको एउटा इतिहास

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:o५:oo

पछिल्लो समय विश्वमा नै विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ। नेपालमा सरकारले नै विभिन्न सहुलियत दिएर विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन दिइरहेको छ।

तर, आजभन्दा तीन दशकअघि नै काठमाडौं उपत्यकामा सञ्चालनमा आएका विद्युतबाट चल्ने ‘ट्रली बस’ नयाँ पुस्ताका लागि इतिहास बनेको छ। कुनै समय दैनिक सयौँ मानिसलाई गन्तव्यमा पुर्‍याउने ‘ट्रली बस’ अहिले आफैँ ‘कोमा’मा पुगेको छ।

चीन सरकारको सहयोगमा २०३३ सालमा काठमाडौंमा सञ्चालनमा आएको ‘ट्रली बस’ २०६६ सालदेखि पूर्ण रूपमा बन्द भएकाे थियाे। त्रिपुरेश्वरबाट मध्यपुरथिमि हुँदै सूर्यविनायकसम्म चल्ने याे बस डेढ दशकअघिसम्म सञ्चालनमा थियाे।

मीनभवनस्थित यातायात व्यवस्था विभाग परिसरमा ट्रली बसहरू अहिले अस्तव्यस्त अवस्थामा छन्। यसका पार्टपुर्जाहरू यत्रतत्र फ्याँकिएका अवस्थामा देखिन्छन्।

हेर्नुहाेस् तस्बिरहरू :

 

ad
ad