१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ १२ शुक्रबार ११:००:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

दक्षिण कोरियामा लाखौैँ पुरुषलाई दुलही पाउन मुस्किल 

विदेशमा जन्मेका महिलाको आप्रवासनले यो स्थिति सहज बनाउन मद्दत गर्न सक्छ

Read Time : > 1 मिनेट
२०८० माघ १२ शुक्रबार ११:००:००

दक्षिण कोरियाको जनसांख्यिक टाइम बम विस्फोट हुने अवस्थामा छ । जन्मको समयमा पुरुष र महिलाबीचको लैंगिक अनुपातमा लामो असन्तुलनपछि देशमा युवा पुरुष महिलाहरूको तुलनामा धेरै भएका छन् । नतिजा स्वरूप सन् १९८० को दशकको मध्यदेखि जन्मेका करिब आठ लाख ‘अतिरिक्त’ दक्षिण कोरियाली केटाहरू विवाहका लागि देशभित्र केटी भेट्टाउन असमर्थ हुन सक्छन् । दक्षिण कोरियाली केटाहरूको यो बढ्दो संख्याले त्यहाँको समाजमा ठूलो प्रभाव पार्नेछ । संयोगवश, चीन, ताइवान र भारतमा यस्तै प्रवृत्तिहरू विकसित भइरहेका छन् । यसविपरीत अमेरिकामा जन्म अनुपातमा लैंगिक दर स्थिर छ ।

प्राय कुनै देशमा केटीभन्दा केटा बढि जन्मिन्छन्– प्रति सय केटीका लागि लगभग १०५ देखि १०७ केटाहरू । र, प्राकृतिक रुपमा एउटा देशमा लिंग अनुपात (सेक्स रेसियो एट वर्थ अर्थात् एसआरबी) लगभग स्थिर छ । लैंगिक असन्तुलन सम्भवतः महिलाहरू पुरुषभन्दा लामो समयसम्म बाँच्ने जैविक तथ्यको लागि एक विकासवादी अनुकूलन हो । हरेक उमेर समूहमा महिलाको तुलनामा पुरुषको मृत्युदर बढी हुन्छ । त्यसैले १०५ देखि १०७ केटाबीचको एसआरबीले बच्चा जन्माउने उमेरमा पुग्दा पुरुष र महिलाको संख्या लगभग बराबर हुने अवस्था सिर्जना गर्छ । 

दक्षिण कोरियाको एसआरबी ३० वर्षसम्म सन्तुलनबाहिर हुनुका धेरै कारण छन् । सन् १९६० को दशकबाट सुरु भएर करिब २० देखि ३० वर्षको अवधिमा दक्षिण कोरियामा प्रजनन क्षमतामा तीव्र गिरावट भयो । सन् १९६० मा प्रतिमहिला ६ सन्तान रहेको प्रजनन दर सन् १९७२ मा चार सन्तानमा पुग्यो । सन् १९८४ सम्म आईपूग्दा औसतमा जोडीहरूले दुई सन्तानमा सन्तुष्टि मान्न थालेका थिए । सन् २०२२ मा दक्षिण कोरियाको प्रजनन दर शून्य दशमलव ८२ मा झर्न पुग्यो, जुन विश्वको सबैभन्दा कम प्रजनन दर हो ।

छोरालाई बढि प्राथमिकता दिने दक्षिण कोरियाको संस्कृति बच्चा जन्माउने दरमा गिरावट आएकै गतिमा छिटो परिवर्तन भएन । कम्तीमा एउटा छोराको इच्छाले दक्षिण कोरियामा विशेषगरी २१औँ शताब्दीको प्रारम्भिक वर्षसम्म प्रजनन प्राथमिकतालाई प्रभाव पारेको देखिन्थ्यो । घट्दो प्रजनन दरले समस्या खडा गर्‍यो । महिलाका धेरै सन्तान हुदाँ कम से कम एक केटा हुने सम्भावना उच्च रहन्छ । केवल दुई सन्तान भएमा छोरा नहुने सम्भावना झन्डै २५ प्रतिशत हुन्छ । एउटा मात्र सन्तान हुँदा यो सम्भावना ५० प्रतिशतभन्दा कम हुन्छ ।

सन् १९८० देखि सन् २०१० को बीचमा दक्षिण कोरियामा असन्तुलित एसआरबीको कारण लगभग सातदेखि आठ लाख अतिरिक्त केटाहरू जन्मिएको मैले गणना गरेको छु । स्ट्याटेटिक्स कोरियाको हालैको अनुसन्धानले देखाएको छ कि सन् २०२३ मा १९ देखि ३४ वर्ष उमेरका ३६ प्रतिशतभन्दा बढी दक्षिण कोरियालीले विवाह गर्ने आशय देखाएका थिए, जुन सन् २०१२ मा ५६ प्रतिशतभन्दा बढी गिरावट हो ।

विदेशमा जन्मेका महिलाको कोरिया आप्रवासनले वर्तमान असन्तुलनलाई सम्बोधन गर्न मद्दत गर्न सक्छ । यदि अतिरिक्त अविवाहितले आप्रवासी बेहुलीसँग विवाह गरेनन् भने तिनीहरूसँग आफ्नो विवाहको अर्को विकल्प हुनेछैन । कोही सियोल र दक्षिण कोरियाका अन्य ठूला सहर बुसान र डेगुका ‘अविवाहित बस्ती’मा बसोवास गर्न सक्छन्, जहाँ व्यावसायिक सेक्स बढी प्रचलित छन् । पुरुषको संख्या महिलाभन्दा बढी रहेको चीनको बेइजिङ, सांघाई र ग्वाङ्झाउजस्ता अन्य एसियाली सहरमा पनि त्यस्ता ‘बस्ती’ पहिले नै देखिएका छन् ।

उच्च लैंगिक असमानता दक्षिण कोरियाली समाजको आफ्नै समस्या हो । २०औँ शताब्दीको मध्यमा दक्षिण कोरियाको उच्च प्रजनन क्षमताले देशलाई आर्थिक रूपमा पछाडि राखेको थियो । प्रतिमहिला करिब ६ बच्चाको प्रजनन दर घटाउने अभियान सफल भयो । तर, त्यही सफलताले अहिले नयाँ समस्या निम्त्याएको छ ।
(टेक्सास ए एन्ड एम विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक डडले एल पोस्टन जुनियरको द कन्भर्सेसनमा प्रकाशित आलेख)