१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o८:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल–भारतका चेम्बर अफ कमर्सबीच समझदारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:५७:oo

नेपाल चेम्बर अफ कमर्स र इन्डियन चेम्बर अफ कमर्स तथा मिलेनियल चेम्बर अफ कमर्सबीच आर्थिक र व्यापारिक क्षेत्रमा सहकार्य गर्नेबारे समझदारी भएको छ । आजदेखि सुरु हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनको सन्दर्भमा नेपाल र भारतका चेम्बर अफ कमर्सबीच दुई पक्षीय लगानी एवं व्यापार सहजीकरणबारे समझदारी भएको हो ।

नेपाल चेम्बर अफ कमर्सको निमन्त्रणामा इन्डियन चेम्बर र मिलेनियल चेम्बर अफ कमर्सका पदाधिकारी एवं व्यावसायिक प्रतिनिधिमण्डल नेपाल आएका हुन् । दुवै चेम्बरका पदाधिकारीलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले स्वागत गरे ।

लगानी सम्मेलनअघि दुवै देशका चेम्बर पदाधिकारीबीच नेपालमा लगानीको वातावरण, कानुनी पाटोलगायतका विषयमा छलफल भएको छ । चेम्बर अध्यक्ष अग्रवालले नेपालमा रहेको श्रमशक्ति, मूल्य, प्रतिफलको सुनिश्चिततालगायत कारण लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए । ‘दुई मुलुकबीचको आर्थिक सम्बन्ध र अर्थतन्त्रका विभिन्न आयाममा छलफलका लागि यो भेट विशेष भएको ठानेको छु,’ अग्रवालले भने, ‘हामी निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले नेपाल–भारत आर्थिक सम्बन्ध हाम्रो मुख्य चासो हो  ।’ 

चेम्बरसँगको छलफलमा इन्डियन चेम्बर अफ कमर्स र मिलेनियल चेम्बर अफ कमर्सका पदाधिकारीले लगानी सम्मेलनमा आमन्त्रण गरेकोमा नेपाल चेम्बरलाई धन्यवाद दिए । चेम्बरसँग मिलेर नेपालमा लगानी गर्न आफूहरू इच्छुक रहेको बताउँदै सहजीकरणका लागि आग्रह गरे । विशेष गरी ऊर्जा, पर्यटनलगायत क्षेत्रमा लगानीका लागि आफूहरू इच्छुक रहेको मिलेनियल चेम्बरका अध्यक्ष अनिल त्रिगुनायतको भनाइ छ । 

ad
ad