१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ बैशाख १७ सोमबार १७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मधेशबाट सत्तागठबन्धनका ढुंगाना र चौधरी निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:o८:oo

राष्ट्रिय सभामा रिक्त हुने दुई सदस्य चयन गर्न आज भएको मतदानमा मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित भएका छन् । 

ढुंगाना र चौधरी सत्तागठबन्धनका उम्मेदवार हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गठन गरिएको प्रदेश निर्वाचन कार्यालयका अनुसार ढुंगानाले सात हजार तीन सय ७० मतभार पाए । यस्तै, जसपाकी चौधरीले सात हजार नौ सय २९ मतभार प्राप्त गरिन् ।

मधेश प्रदेशका एक सय ३६ पालिका र प्रदेश सभाका एक सय सात सदस्य मतदाता थिए । तीमध्ये सबै पालिकाबाट तथा प्रदेश सांसदमध्ये एक सय ६ जनाबाट मतदान भएको थियो ।

ad
ad