Skip This
संस्थागत स्वमूल्यांकनमा सिराहाको अर्नमा अब्बल, दुई पालिकाले ५० अंक कटाएनन्
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार १४:११:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

संस्थागत स्वमूल्यांकनमा सिराहाको अर्नमा अब्बल, दुई पालिकाले ५० अंक कटाएनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १४:११:oo

स्थानीय तहको दोस्रो निर्वाचन भएयता पहिलो आर्थिक वर्ष ०७९/८० मा स्थानीय तहको कार्य सम्पादनमा सिराहाको अर्नमा गाउँपालिका अब्बल देखिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) प्रणालीमा अर्नमा गाउँपालिकाले तोकिएका १० वटा विषय क्षेत्रमा कुल एक सय अंकमध्ये ९५.५ अंक प्राप्त गरी अब्बल देखिएको छ भने छिमेकी औरही गाउँपालिका ९३.५ अंक प्राप्त गरी दोस्रो भएको छ।

जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिकामध्ये विवरण प्रविस्ट भएका १३ स्थानीय तहमा नवराजपुर गाउँपालिका २७.७५ अंक प्राप्त गरी सबैभन्दा कमजोर देखिएको छ। नवराजपुरले आ.व. ०७८/७९ मा प्राप्त गरेको २४ अंकमा थोेरै सुधार गरेको भए पनि आ.व. ०७९/८० मा पनि ३० अंक कटाउन सकेको छैन।

भगवानपुर गाउँपालिकाले ४३.२५ अंक प्राप्त गरेको छ, जुन ०७८/७९ मा प्राप्त गरेको ४४.२५ अंकभन्दा एक अंक कम हो।

नगरपालिकामा मिर्चैया अगाडि
स्थानीय तहको संस्थागत स्वमूल्यांकनमा जिल्लाका आठ नगरपालिकामध्ये मिर्चैया ८८.७५ अंकसहित अगाडि छ भने जिल्ला सदरमुकामसमेत रहेको सिराहा नगरपालिका ८३.७५, धनगढीमाई ८१.५, लहान ६१, गोलबजार ५६.७५ र कल्याणपुरले ५३.७५ अंक प्राप्त गरेका छन्। कर्जन्हा र सुखीपुर नगरपालिकाले अनुमोदनका लागि ७ माघमा स्वमूल्यांकन प्रतिवेदन कार्यपालिकामा पेस गरेका छन्।

नौ गाउँपालिकामध्ये सखुवानन्कारकट्टीले ८१.५, नरहाले ५६.७५, विष्णुपुरले ५४.५ अंक प्राप्त गरेका छन् भने बरियारपट्टि र लक्ष्मीपुरपतारीले २ माघसम्म प्रारम्भिक नतिजा तयार गरिरहेको प्रतिवेदनमा जनाइएको छ।

ad
ad