१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल इस्टर्न ओपन सुरु : शुक्रले लिए एक स्ट्रोकको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:o१:oo

नेपालका नम्बर १ गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनमा एक स्ट्रोकको अग्रता लिएका छन् । धरानमा सुरु प्रतियोगिताको पहिलो दिन राई ३ अन्डर ६७ को स्कोरका साथ शीर्ष स्थानमा रहे । साबिक विजेतासमेत रहेका राईले धरानका अर्का गल्फर नीरज तामाङलाई १८ होलको समाप्तिमा १ स्ट्रोकले पछि पारेका हुन् । तामाङ २ अन्डर ६८ स्कोरका साथ दोस्रो स्थानमा छन् । एमेच्योरद्वय युवराज भुजेल र पदम हाङ संयुक्त रूपमा तेस्रो स्थानमा रहे । उनीहरूले समान १ अन्डर ६९ स्कोर गरे । 

नेपालका पूर्व नम्बर १ गल्फर भुवन नगरकोटी इभन पार ७० खेल्दै पाँचौँ स्थानमा छन् । १ ओभर ७१ स्कोर गरेका रामे मगर छैटौँ स्थानमा रहेका छन् । स्थानीय प्रो सबिन सापकोटा र देवराज पाख्रिन २ ओभर ७२ सहित संयुक्त रूपमा सातौँ स्थान रहे । भेट्रान गल्फर दीपक मगर ३ ओभर ७३ सहित नवौँ स्थानमा रहँदा धनबहादुर थापा र एमेच्योर गजेन्द्र गुरुङ संयुक्त रूपमा दशौं स्थानमा छन् । 

भारतीय गल्फ टुरमा २०२४ सिजनका लागि कार्ड जोगाएर फर्किएका राईले घरेलु कोर्स धरान गल्फ क्लबमा राम्रो सुरुवात गरेका थिए । ५ पारको तेस्रो होलमा उनले इगलको सफलता प्राप्त गरे । त्यसलगत्तै चौथो होलमा डबल बोगी सामना गरे । यसपछि पाँचौँदेखि सातौँसँगै नवौँ होलमा उनले बर्डी हात पारे । उनले फ्रन्ट नाइन ४ अन्डर ३२ र ब्याक नाइनमा १ ओभर २५ को स्कोर गरे । ब्याक नाइनको १३औँ होलमा उनले दोस्रो डबल बोगी खेपेका थिए । 

ad
ad