१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १६:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चीनद्वारा एक वर्षमा एक करोड २० लाख रोजगारी सिर्जना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:३९:oo

चीनले सन् २०२३ मा आफ्नो सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ।

गत वर्षको कुल गार्हस्थ्य उत्पादनमा ५.२ प्रतिशतको वृद्धि रोजगारी सिर्जनाका लागि महत्वपूर्ण थियो। कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रले आर्थिक सुधारको नेतृत्व गरिरहेको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी युन डोङलाईले पत्रकार सम्मेलनमा भने।

सन् २०२३ मा ३० करोड युआनभन्दा बढी केन्द्रीय र स्थानीय सरकारको आर्थिक सहयोगका साथ देशले रोजगारीका लागि नीतिगत सहयोग बढाएको उनले बताए।

पछिल्ला चरणहरूमा देशले सामाजिक बिमाको बोझ कम गर्दै वित्तीय अनुदान र कर प्रोत्साहन बढाएर अधिक वित्तीय सहायता प्रदान गर्दै रोजगारीलाई आफ्नो शीर्ष प्राथमिकताका रूपमा कायम राखेको अधिकारीले बताए।

यसले डिजिटल, इको–मैत्री र वृद्ध हेरचाह क्षेत्रहरूसँगै उन्नत उत्पादनलाई रोजगारी सिर्जना गर्न प्रोत्साहित गर्नेछ। यो नीतिले निजी, साना र मध्यम आकारका कम्पनीहरूजस्ता प्रमुख रोजगार चालकहरूलाई सहयोग पुग्नेछ।

अधिकारीका अनुसार राष्ट्रव्यापी प्रमुख जनसंख्याका लागि रोजगारी सिर्जना गर्ने उद्देश्यले जनवरीदेखि अप्रिलसम्म रोजगारी प्रवर्द्धन अभियान पनि सुरु गरिनेछ।

देशको स्थिर आर्थिक पुनरुत्थान, परम्परागतबाट नयाँ वृद्धि चालकहरूमा स्थानान्तरण र रोजगारी सिर्जनाका नयाँ स्रोतहरूको निरन्तर उदयका कारण चीनको रोजगारी सामान्यतया स्थिर रहने अपेक्षा गरिएको उल्लेख गरे। 

ad
ad