१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सल्लीखोलामा मोटर गुड्ने पक्की पुल निर्माण, तीनवटा अझै अलपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:o२:oo

उत्तरी नाम्खा गाउँपालिकाको सल्लीखोलामा पक्की पुल निर्माण गरिएको छ। साढे ६ वर्षपछि सल्लीखोलामा मोटर गुड्ने पक्की पुल निर्माण भएको हो।

हिल्सा–सिमकोट सडक योजना कार्यालयबाट सदरमुकाम सिमकोटबाट उत्तरी हिल्सा नाकासम्म पुग्ने चारवटा पुल निर्माणाधीन अवस्थामा थिए।

हिमपात,कोराना महामारी सामान ढुवानी गर्न समस्या भएपछि, पुल निर्माण ढिलाइ भएको स्वच्छन्द कांग्री जेबी प्रोपाइटर छिरिङ लामाले जानकारी दिए।

०७४ साल साउन ६ गते सम्झौता गरिएको र कोराना महामारी, हिमपातले सामान ढुवानीले तोकिएको मितिमा निर्माण सम्पन्न गर्न नसकिएको ठेकेदार लामाले बताए।

२९ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल साढे ६ वर्षपछि निर्माण भएको हिल्सा–सिमकोट योजना कार्यालयका निमित कार्यालय प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए। उनका अनुसार नाै करोड ३५ लाख ९२ हजार तीन सय ६१ लागतमा सल्लीखोलामा पुल निर्माण भएको हाे। 

तीनवटा पुल अझै अलपत्र 

हिल्सा–सिमकोट सडक योजनाअन्तर्गत तीनवटा पुल ठेकेदार कम्पनीले अलपत्र पारेका छन्। सिमकोट गाउँपालिका- ७ र नाम्खा गाउँपालिका– १ को सीमा पर्ने हेप्काखोला र नाम्खा गाउँपालिकामा तागरू खोला पुल ठेकेदार तेजबहादर महतले अलपत्र पारेका छन्।

नाम्खा गाउँपालिका- ४ को याङगारखोला पुल अकिल बुढाले अलपत्र पारेका छन्। हिल्सा–सिमकोट सडक योजना कार्यालयले तागरू, हेप्काखोला र याङगार खोला पुलको ताकेता नलगाउँदा तीन पुल अलपत्र छन्।

ad
ad