१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार १o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीकाे राष्ट्रिय सम्मेलन माघ १४ र १५ गते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:५८:oo

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले विधान हेरफेर गर्न यही माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन काठमाडौंमा आह्वान गरेको छ । पार्टीको राष्ट्रिय महाधिवेशनमा दस्ताबेज मस्यौदासम्बन्धी छलफलका लागि सम्मेलन गर्न लागिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने बैठकमा पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म संगठन स्थापित गर्न कार्ययोजना सम्मेलनमा बनाइनेछ ।

पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने उपमहासचिव खतिवडाले जानकारी दिए ।

पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँट गर्ने सम्मेलनले पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, संगठन निर्माणमा गरेको योगदानलगायतका आधारमा मापदण्ड तय गर्नेछ ।

सम्मेलनले मस्यौदा अनुमोदन गरेपछि पार्टीले त्यसैका आधारमा आगामी जेठ पहिलो सातामा पार्टीको महाधिवेशन गर्नेछ । पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानका रूपमा अगाडि बढाउनुका साथै जिल्लास्थित समाजवादी मोर्चाको बैठक र एजेन्डाबारे समेत सम्मेलनमा छलफल हुने खतिवडाले जानकारी दिए।

पार्टीको काठमाडौं जिल्ला कमिटीले विधान परिमार्जनका लागि काठमाडौंमा बसोवास भएका केन्द्रीय सदस्य एवं कमिटी सदस्य र आयोगका सदस्यहरूका साथै क्षेत्रीय समन्वय कमिटी, नगर कमिटीको स्थानीय एवं संघीय जनप्रतिनिधिको सुझाव संकलन गरिसकेको केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले जानकारी दिए ।
 

ad
ad