१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० माघ ८ सोमबार ११:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कृषि विकास बैंकले सबै सेवालाई पेपरलेस बनाउने

Read Time : < 1 मिनेट
२०८० माघ ८ सोमबार ११:१८:००

कृषि विकास विकासले आफ्ना सबै सेवालाई पेपरलेस बनाउने रणनीति राखेको बताएको छ । आइतबार ५७औँ वार्षिकोत्सव मनाउँदै बैंकले उच्च प्रविधिको प्रयोग गरी चालू आर्थिक वर्षमा पेपरलेस बनाई अटोमेसनमा लैजाने रणनीति राखेको बताएको छ । त्यसैगरी, बैंक दीर्घकालीन लक्ष्यप्राप्तिमा स्रोत परिचालन, कर्जा प्रभागको वृद्धि एवं कर्जा मिश्रणको समुचित व्यवस्थापन, गैरबैंकिङ सम्पत्ति व्यवस्थापन, बजारमैत्री ब्याजदर व्यवस्थापन तथा अन्तर्राष्ट्रिय उच्चतम बैंकिङ अभ्यासको पालना गर्न पनि कटिबद्ध रहेको बताएको छ । 

आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा सहयोग पुर्‍याउन सरकारको प्राथमिकतामा रहेका उत्पादनमूलक उद्योग, पर्यटन, निर्माण तथा हाइड्रोपावर, कृषिलगायतका क्षेत्रमा कर्जा लगानी गरी आर्थिक समृद्धिका लागि योगदान गर्दै आएको बैंकले जनाएको छ । त्यस्तै, बैंकले सेवाग्राहीलाई प्रविधिमार्फत जोड्न डिजिटल बैंकिङसहित ग्राहकका जिज्ञासा सम्बोधन गर्न च्याटबोटसमेत सुरु गरेको बताइएको छ । पर्यटन व्यवसायको प्रवद्र्धन गर्न होटेल, लज, रेस्टुरेन्ट, होमस्टेमा पनि पर्याप्त लगानी गरेको बताएको छ । 

देशको कृषि क्षेत्रको विकासका लागि आवश्यक पर्ने वित्तीय एवं प्राविधिक सेवा उपलब्ध गराउने उद्देश्यसहित ०२४ सालमा स्थापना भएको थियो । सरकारको खुला र उदार अर्थनीति लागूपछि सहरी क्षेत्रको निक्षेप संकलन गरी ग्रामीण क्षेत्रको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित बैंकले ०४१ बाट वाणिज्य बैंकिङको सुरुवात गरेको थियो भने ०६२ मा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त गरेको बैंकले जनाएको छ । बैंकले हाल दुई सय ८१ शाखा, २२ एक्सटेन्सन काउन्टर, एक सय २९ एटिएममार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ ।