१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १ बिहीबार ११:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कृषि विकास बैंकको १७औँ वार्षिक साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १ बिहीबार ११:२९:००

कृषि विकास बैंकले १७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रम बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बुधबार सम्पन्न भएको बैंकले जनाएको छ । 

साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा भएको थियो । उक्त साधारणसभामा वक्ताको रूपमा भाग लिएका सेयरधनीले राखेका जिज्ञासामा अध्यक्ष पुडासैनीले स्पष्ट पारेका थिए । सेयरधनीबाट प्राप्त सुझाव नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धतासमेत पुडासैनीले व्यक्त गरे । 

बैंकले दुर्गमदेखि सुगम ठाउँमा दुई सय ८२ वटा शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।