१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

दबाब दिएर यादव प्रमुख अतिथि बन्न खाेजेकाे राउतकाे आरोप

यादव–राउत टकराव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:१९:oo

मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि बन्ने विषयमा जनमत पार्टी र जनता समाजवादी पार्टीका अध्यक्षहरूबीच टकराव बढेकाे छ। उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएर शिलान्यास कार्यक्रम तय भएपछि साेमबार सप्तरीमा जनमतका कार्यकर्ता विरोधमा उत्रिए।

कुनै पनि हालतमा जसपा अध्यक्ष यादवलाई प्रमुख अतिथि नमान्ने भन्दै जनमतका कार्यकर्ताले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारीले सुरक्षाकर्मी परिचालन गरेका छन्।

यी घटनाक्रमपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपा अध्यक्ष यादवमाथि गम्भीर आरोप लगाउँदै प्रमुख अतिथि बन्न यादवले उपकुलपति र रजिस्ट्रारलाई दबाब दिएको टिप्पणी गरेका छन्।

राउतले आफ्नो सचिवालयको फेसबुकमार्फत लेखेका छन्, ‘न उहाँ (उपेन्द्र)को यहाँ घर छ, न उहाँ यहाँको जनप्रतिनिधि। अनि किन उपकुलपति र रजिस्ट्रारलाई जबर्जस्ती दबाब दिएर प्रमुख अतिथि बन्नुपर्ने? अतिथि बन्न पनि यति मरिहत्ते हुन्छ? यस्तो नीचस्तरको राजनीति हुन्छ? मान न मान मैँ तेरा मेहमान?’

ad
ad