१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ७ आइतबार
  • Tuesday, 01 July, 2025
मालारानी साबडाँडा समाज काठमाडौंको नयाँ कार्य समिति
नयाँ पत्रिका काठमाडौं
२o८o माघ ७ आइतबार ११:५२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लोकहरि खनालको नेतृत्वमा मालारानी साबडाँडा समाज काठमाडौं गठन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ ७ आइतबार ११:५२:oo

लोकहरि खनालको नेतृत्वमा मालारानी साबडाँडा समाज काठमाडौं गठन गरिएको छ । शनिबार काठमाडौंको त्रिभुवनपार्कमा भएको भेलाले अध्यक्षमा खनाललाई सर्वसम्मत चयन गरेको हो । खनाल अवकाश प्राप्त प्रहरी अधिकृत हुन् । 

यसैगरी, उपाध्यक्षमा श्यामलाल आचार्य/खिमा भुसाल, सचिवमा रवि खनाल, सहसचिवमा सविना ज्ञवाली र कोषाध्यक्षमा विकास खनाल निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा सुशीला आचार्य, गीता पौडेल, निर्मला जिसी, रवि पौडेल र बाबुराम अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । यस कार्यसमितिको कार्यकाल दुई वर्षको हुने विधानमा व्यवस्था गरिएको छ ।

तीन सदस्यीय लेखा समिति

संस्थाको आर्थिक क्रियाकलापलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन तीन सदस्यीय लेखा समिति गठन गरिएको छ । जसको संयोजकमा मधुप्रसाद आचार्य चयन भएका छन् । सदस्यमा बाबुराम खनाल र पीताम्बर खनाल रहेका छन् । 

यो समाज एक अविच्छिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, नाफा नबाँड्ने, गैरराजनीतिक तथा गैरसरकारी सामाजिक संस्था भएकाले यसको दायरा फराकिलो पारिने नवनिर्वाचित अध्यक्ष खनालले बताए । ‘काठमाडौं उपत्यकाभन्दा बाहिर रहेकालाई पनि यस समाजको सदस्य बन्न आग्रह गर्नेछौँ,’ उनले भने, ‘देश–विदेशमा रहेका जोसुकै साबडाँडावासी यसको सदस्य बन्न सक्नुहुन्छ ।’

१० जना आजीवन सदस्य

यस समाजको विधानमा साधारण, आजीवन, संस्थागत, हितैषी र मानार्थ गरी पाँच प्रकारले सदस्यताको वर्गीकरण गरिएको छ । आजीवन सदस्य बन्न पाँच हजार शुल्क तोकिएकाे छ । शनिबारको भेलामा १० जना आजीवन सदस्य बनेका छन् । जसमा लोकहरि खनाल, सरस्वती पोखरेल, डा. जीवन खनाल, सीतादेवी आचार्य, कृपाराम खनाल, चिन्तामणि खनाल, खेमराज खनाल, मधुप्रसाद आचार्य, विकास खनाल र पीताम्बर खनाल रहेका छन् । 

‘नयाँ कार्यसमिति गठन भएकै दिन १० जना आजीवन सदस्य बन्नुभएको छ । जसले गर्दा हामी उत्साहित छौँ । यसले हाम्रो जिम्मेवारी बढेको छ,’ नवनिर्वाचित सचिव रवि खनालले भने, ‘आजीवन सदस्य बन्नेको संख्या अझै बढ्ने क्रममा छ । हामीले गाउँ र सहर जोड्न विभिन्न कार्यक्रमको आयोजना गरी सेतुको काम गर्नेछौं र सदस्य संख्या बढाउने छौं ।' 

अर्घाखाँचीको मालारानी गाउँपालिका– ३, साबडाँडा (साविक खनदह गाविस– ७) स्थायी घर वा जन्मस्थान भई विभिन्न पेसा, व्यवसाय, अध्ययन वा अन्य कामको सिलसिलामा स्थायी वा अस्थायी रूपमा काठमाडौं उपत्यकामा बसोवास गरिरहेका व्यक्ति र तिनका परिवारको बीचमा आपसी सम्बन्ध स्थापित गर्न समाज स्थापना गरिएको हो ।

८१ घर संख्या ५४ मा झर्‍यो, २७ घर खाली
८१ घर संख्या रहेको साबडाँडामा हाल ५४ घरमा मात्र मानिसको बसोवास रहेको छ । जहाँ अहिले २४ जना बालबालिकासहित एक सय ६७ जना मानिस बसोवास गर्छन् । २७ घर खाली भएका छन् । यसैगरी साबडाँडाबाट काठमाडौंमा आई बसोवास गर्ने मानिसको संख्या एक सय ४५ पुगेको छ ।