१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:३६:oo

एनआइसी एसिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल नियुक्त भएका छन् । एनआइसी एसिया बैंकको प्रतिनिधित्व गर्दै आएका सञ्चालक तथा अध्यक्ष सन्तोषकुमार राठीले राजीनामा दिएपछि संस्थाको सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गरी पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो । बैठकले सर्वसम्मतिमा नै हाल सञ्चालक रहेका पौडेल संस्थाको सञ्चालक समिति अध्यक्षमा चयन गरेको बताइएको छ । 

व्यवस्थापनमा स्नातकोत्तर गरेका पौडेलले हाल एसएमई फाइनान्सिङमा विद्यावारिधि गरिरहेका छन् । इमर्जिङ नेपालमा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरिसकेका उनीसँग व्यवसाय परामर्श, लगानी तथा वित्तीय क्षेत्र गरी एक दशकभन्दा बढीको कार्यानुभव रहेको छ ।

ad
ad