१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ल्यापटपको छनोट कसरी गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२४:oo

लामो समयसम्म ब्याट्री ब्याकअप दिने, राम्रो पर्फर्मेन्स भएको, पोर्टेबल र हल्का खाले ल्यापटप लिनु राम्रो हुन्छ । स्क्रिन साइज पनि ख्याल गर्नुपर्छ । कम्तीमा १४ इन्चका ल्यापटप किन्नु राम्रो हुन्छ । यसले राम्रो भिजुअल एक्सपेरिएन्स गराउँछ र आँखालाई पनि कम सास्ती हुन्छ । 

ल्यापटपमा अध्ययनको काम मात्रै गर्नुहुन्छ भने ४ जिबी र्‍याम भएको ल्यापटप प्रयोग गर्दा पनि हुन्छ । आवश्यकताअनुसार र्‍याम बढाउन पनि सकिन्छ । मल्टिटास्किङ (भिजुअल इडिटिङ, संगीत सुन्ने, ब्याकग्राउन्डमा विभिन्न सफ्टवेयर तथा एप्लिकेसनहरू चलाउनेलगायत) काम गर्नका लागि कम्तीमा आइफाइभ प्रोसेसर भएको, ८ जिबी र्‍याम र २ सय ५६ जिबी एसएसडीयुक्त ल्यापटप राम्रो हुन्छ ।  

युएसभी पोर्ट, एचडिएमआई पोर्ट, हेडफोन ज्याक, ब्लुटुथ, वाइफाईलगायत सुविधा भए–नभएको सुनिश्चित गर्नुपर्छ । ल्यापटप छान्दा यसको वारेन्टीबारे पनि ख्याल गर्नुपर्छ । किनकि, ब्रान्डेड ल्यापटप पनि चाँडै बिग्रन सक्छ । 

ad
ad