१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख १८ मंगलबार १४:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सीमावर्ती गाउँमा अखाद्य मदिरा उत्पादन नियन्त्रण गर्न स्थानीयको माग

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:३८:oo

मोरङस्थित नेपाल–भारत सीमा क्षेत्रका गाउँहरूमा अखाद्य वस्तु प्रयोग गरेर अवैध रूपमा उत्पादन गरिँदै आएको मदिरा नियन्त्रण गर्न स्थानीयले माग गरेका छन्।

सीमा क्षेत्रका बस्तीहरूमा अखाद्य वस्तु प्रयोग गरेर उत्पादन गरी खुलेआम बिक्री गर्ने गरेको भन्दै नियन्त्रण गर्न विराटनगर महानगरपालिकाका स्थानीयले वडा कार्यालयसमक्ष माग गरेका हुन्।

स्थानीयले अखाद्य रक्सीको उत्पादन र बिक्री–वितरण बन्द गराउन पहल गरिदिन वडाध्यक्षलाई आग्रह गरेका छन्। विराटनगरका १७ र १८ नम्बर वडाका गाउँहरूमा युरिया मल, पुराना चप्पलका टुक्रा, सुर्तीजन्य वस्तुको धुलो, महिलाका भित्री वस्त्रलगायतका वस्तु प्रयोग गरेर मदिरा उत्पादन हुँदै स्थानीयवासीले जनाएका छन्।

अवैध रूपमा उत्पादन गरिएका अखाद्य मदिरा सेवनले मानव स्वास्थ्यमा प्रत्यक्ष हानि पुग्ने र मदिरा सेवनले शान्ति सुरक्षामा समेत खलल पर्ने भन्दै स्थानीवासीले यसको उत्पादन र बिक्री–वितरण नियन्त्रण गर्न माग गरेका हुन्।

अखाद्य घरेलु मदिरा सेवनकै कारण हालसम्म तीनजनाले ज्यान गुमाइसकेका  धेरैजना बिरामी भइसकेको स्थानीय सत्यनारायण साहले बताए।

भारत बिहारतर्फ मदिरा प्रतिबन्ध रहेकाले भारतीयहरूसमेत मदिरा सेवन गर्न नेपालतर्फ आउने गरेका छन्। जसले गर्दा अपराधका घटनाहरूसमेत हुने गरेकोतर्फ पनि स्थानीयले ध्यानाकर्षण गराएका छन्।

 

 

ad
ad