१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २२ शनिबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डिआइजी खापुङलाई  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४८:oo

कोशी प्रदेशको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी नायब महानिरीक्षक चन्द्रकुवेर खापुङले सम्हालेका छन्। बुधबार विराटनगर रानीस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा आइपुगेका डिआइजी खापुङले पदभार ग्रहण गर्दै जिम्मेवारी सम्हालेका हुन्।

गृह मन्त्रालयको यही २४ पुसको निर्णयअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाडौंबाट डिआइजी खापुङ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका हुन्।

पदभार सम्हाल्दै नयाँ प्रहरी प्रमुख खापुङले मातहतका प्रहरी कर्मचारीलाई आचरण र व्यवहारमा सुधार ल्याई कानुनको परिधिमा रहेर समाजमा शान्तिसुरक्षा कायम राख्न निर्देशन दिए। खापुङभन्दा अगाडि कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डिआइजी राजेशनाथ बास्तोलाले सम्हालेका थिए। 

ad
ad