१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १o:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी उद्योगका फरार प्रतिवादी कारागार चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:३८:oo

सिराहा प्रहरीले जबर्जस्ती करणी उद्योग मुद्दामा साढे दुई वर्ष कैद सजाय फैसला सुनाइएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार परिवर्तित नाम लहान (ञ) को जाहेरीले नेपाल सरकार वादी रहेको जबर्जस्ती करणी उद्योग मुद्दाका प्रतिवादी सिराहा नगरपालिका– १६ का करिब ४५ वर्षीय मो. असिकुल मियाँलाई मंगलबार सिराहा कारागार चलान गरिएको हो । 

मियालाई लुकिछिपी बसिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरी मंगलबार जिल्ला अदालतमा पेस गरेसँगै दुई वर्ष चार महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए । 

जबर्जस्ती करणी उद्योग मुद्दाअन्तर्गत १० जेठ ०७४ मा पक्राउ परेका मियाँ पुर्पक्षका लागि एक महिना एक दिन कारागारमा बसेपछि ५ असार ०७४ को आदेशले ३५ हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।  त्यसपछि जिल्ला अदालतको २३ फागुन ०७४ को अन्तिम फैसलाले प्रतिवादी मियाँलाई दुई वर्ष ६ महिना कैदको सजाय सुनाएपछि फरार रहँदै आएका थिए । 
 

ad
ad