१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o८:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

साफ यू–१६ महिला फुटबल नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:४o:oo

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले महिला यू–१६ च्याम्पियनसिपको छैटौँ संस्करण नेपालमा आयोजना गर्ने भएको छ । साफले आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रतियोगिता आयोजना गर्न अधिकार दिएको हो । प्रतियोगिता १८ देखि २७ फागुनसम्म ललितपुरस्थित च्यासल मैदानमा हुनेछ । 

चार देश सम्मिलित प्रतियोगिताको उद्घाटन खेलमा भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित भारत र भुटान तथा बंगलादेशको सहभागिता छ । पाकिस्तान, माल्दिभ्स र श्रीलंकाका भने सहभागी हुनेछैनन् । नेपालले आफ्नो पहिलो खेल १९ फागुनमा बंगलादेशसँग खेल्नेछ । २१ गते भुटानसँग खेल्ने तालिका छ भने लिग चरणको अन्तिम खेलमा २४ गते भारतसँग खेल्ने तालिका छ ।

राउन्ड रोबिन पद्धतिमा आयोजना हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि खेल्नेछन् । भारतले दुईपटक तथा नेपाल र बंगलादेशले समान एकपटक प्रतियोगिताको उपाधि जितेका छन् । गत संस्करणमा आगन्तुक टोली रसिया च्याम्पियन भएको थियो । यसअघि प्रतियोगिता यू–१५ र यू–१७ का नाममा आयोजना भएको थियो । प्रतियोगिताका लागि एन्फाले खुला छनोटबाट खेलाडी छनोट गरेको छ । 

ad
ad