Skip This
प्रधानमन्त्री एकदिवसीय कप : मधेशविरुद्ध विनोदको शतकीय इनिङ्स
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार o६:५८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री एकदिवसीय कप : मधेशविरुद्ध विनोदको शतकीय इनिङ्स

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o६:५८:oo

त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा दोस्रोपटक शतक प्रहार गरेका छन् । पिएम कपको आर्मीले सोमबार पहिलो खेलमा मधेश प्रदेशलाई एक सय २६ रनले हराउँदा कपतान विनोदले एक सय १३ रनको योगदान दिए । त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको आर्मीले ५० ओभरमा सबै विकेट गुमाएर तीन सय २० रनको विशाल योगफल खडा गर्‍यो । प्रत्युत्तरमा मधेशले ४८.४ सबै विकेटको क्षतिमा एक सय ९४ रन मात्र जोड्यो । विनोदले ९३ बल शतकीय इनिङ्स खेल्दा ९ चौका र ६ छक्का प्रहार गरेका हुन् । 

इनिङ्सको ४३.५ ओभरमा उनी रञ्जित कुमारको ओभरमा विवेक यादवबाट क्याच आउट भए । उनी पेभेलियन फर्किँदा आर्मी २५४–६ को स्थितिमा थियो । राष्ट्रिय टोलीका हिटरसमेत रहेका विनोदले गत वर्ष पनि शतक लगाएका थिए । शतक बनाउन विशेष दिन नभएको र खेल्दै जाँदा राम्रो भएको उनले बताएका छन् । ‘गत वर्ष र यस वर्ष शतकको मिति जुधेको मात्रै हो, शतक बनाउने त्यस्तो केही योजना थिएन,’ म्यान अफ दी म्याचसमेत भएका विनोदले भने, ‘क्रिजमा टिकेर खेल्नुपर्छ योजना थियो, पछिल्लोपटक हामी सबै टी–२० फम्र्याटमा केन्द्रित थियौँ अब, एकदिवसीयमा हुनुपर्छ ।’ 

चौथो नम्बरमा क्रिजमा खेलेका विनोदले आर्मीबाटै सन् २०२१ को शतक बनाएका थिए । गण्डकीविरुद्ध ७६ बलमा ९ चौका र पाँच छक्का हिर्काएका थिए । त्यतिवेला उनले एक सय ११ रनको इनिङ्स खेलेका थिए । पिएम कपकै कम बल (७३) मा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । विनोदसँगै राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पिएम कपमा दुईपटक शतक बनाएका छन् ।


सन् २०२१ को संस्करणमा गण्डकीविरुद्ध शतक लगाएका आर्मीका कप्तान विनोद भण्डारीले सोमबार मधेशसँगको खेलमा एक सय १३ रन जोडे

 विनोद र कुशलबीच शतकीय साझेदारी
मधेशविरुद्ध तीन सय रन कटाउन आर्मीका लागि विनोद र कुशल मल्लबीच शतकीय साझेदारी भएको थियो । दुवैले पाँचौँ विकेटका लागि एक सय ३२ रनको साझेदारी गरे । कुशल ४०.३ ओभरमा आउट भए । कुशलले ४४ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३७ रनको योगदान दिए ।

आर्मीको ब्याटिङमा ओपनर इमरान सेखले २६ रन तथा सन्तोष कार्कीले ४२ रनको योगदान दिए । आर्मीका लागि सन्तोष र इमरानले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे । विवेक यादवले समान ३७ रन र बसिर अहमदले १६ रन जोडे । मधेशका रञ्जित कुमारले सर्वाधिक पाँच विकेट लिए । विशाल पटेलले दुई तथा रूपेश सिंह र राजेश यादवले समान एक विकेट लिए । 

प्रत्युत्तरमा मधेशको ब्याटिङमा पवन सरार्फले ८३ बलमा सात चौका र तीन छक्कासहित ६५ रनको योगदान दिए । ओपनर मयन यावदले ३४ रन, राजेश यादवले ३२ रन र रूपेश सिंहले १८ रन बनाए । आर्मीका सहाब आलमले सर्वाधिक चार विकेट लिए ।  

 टी–२० मा केन्द्रित भयौँ 
विनोद भण्डारी, कप्तान, आर्मी

आज विशेष दिन थिएन । तर, पहिलो दिन नै शतक भयो । त्रिविमा पहिलो ब्याटिङ गर्दा गाह्रो थियो । सुरुमा १० ओभरमा विकेट नजाओस् भनेर खेलेका थियौँ । हामी पछिल्लो समयमा धेरै समय टी–२० मा केन्द्रित भयौँ । अब ५० ओभरमा पनि राम्रो गर्ने योजना छ । पिएम कप क्रिकेट लामो छ ।   

 आज भाग्यले साथ दिएन
पवन सर्राफ, खेलाडी, मधेश

आर्मीविरुद्ध हाम्रोलाई भाग्यले साथ दिएन । यस कारण हामी पराजित भयौँ । सबै खेलमा नराम्रो हुन्छ भन्ने छैन । हाम्रा लक्ष्य पनि पिएम कप जित्ने हो । तर, बिस्तारै अगाडि बढ्दै फाइनलसम्म पुग्न कोसिस गर्छाैँ । मध्यक्रममै खेल्ने योजना छ । क्रिजमा हामी सेट भयौँ भने खेल्छौँ भन्ने थियो । 

एपिएफको लगातार दोस्रो जित
कप्तान रोहितकुमार पौडेल चम्किएपछि एपिएफ क्लबले लगातार दोस्रो जित निकालेको छ । एपिएफले कोशी प्रदेशलाई ६ विकेटले हरायो । एपिएफको जितमा रोहितले ८० रन बनाउनुका साथै तीन विकेट लिए । पहिले ब्याटिङ गरेको कोशीले ४४.३ ओभरमा सबै विकेट गुमाएर एक सय ३५ रन बनायो । प्रत्युत्तरमा एपिएफले १९.१ ओभरमा चार विकेटको क्षतिमा जित निकाल्यो । एपिएफका रोहितले ५३ बलमा ९ चौका र तीन छक्कासहित ८० रन बनाए । कोशी ४४.३ ओभरमा अल आउट भयो । कोशीका फिरदोस अन्सारीले ५५ रन जोडे । एपिएफका अभिनाश र रोहितले समान तीन विकेट लिए । 

सुदूरपश्चिमले लुम्बिनीलाई हरायो
 लुम्बिनी प्रदेशलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले पिएम कपमा विजयी सुरुवात गरेको छ । प्रतियोगतामा लुम्बिनीको यो पहिलो हार हो । यसअघि लुम्बिनीले गण्डकीलाई चार विकेटले हराएको थियो । लुम्बिनीले पहिलो ब्याटिङ गर्दै एक सय ५८ रन बनायो । सुदूरपश्चिमले २९.३ ओभरमा पाँच विकेट गुमाउँदै जित निकाल्यो ।

सुदूरपश्चिमका लागि शेर मल्लले अविजित ४२ रन बनाए । नारायण जोशीले २८ रन र खडक बोहोराले २१ रनको योगदान गरेका हुन् । लुम्बिनीका अभिषेक गौतमले सर्वाधिक तीन विकेट लिए । गण्डकीका लागि प्रज्वल थापाले सर्वाधिक ४२ रन बनाए । मोहम्मद हुसैनले २६ र विराट भण्डारीले २३ रनको योगदान गरे । सुदूरपश्चिमका नारायण जोशीले तीन तथा भोजराज भट्ट र नरेन साउदले समान दुई विकेट लिए । सुदूरपश्चिमले मंगलबार कर्णालीसँग खेल्नेछ । 

 

ad
ad