१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
टेकराज थामी काठमाडाैं
२०८० माघ १ सोमबार ०६:२३:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आलमविरुद्धको मुद्दाको सुनुवाइ सरेकोसर्‍यै

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
२०८० माघ १ सोमबार ०६:२३:००

इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद अफ्ताब आलमसँग सम्बन्धित मुद्दाको पेसी आइतबार पनि स्थगित भएको छ । मुद्दाको अर्काे पेसी आगामी २१ माघका लागि तोकिएको छ ।

आलमको मुद्दा जिल्ला अदालत रौतहटमा १८ कात्तिक ०७६ देखि विचाराधीन छ । यसबीचमा १७ पटक पेसी तोकिसकिएको छ । तर, मुद्दाको अन्तिम किनारा अझै लाग्न सकेको छैन । आइतबार न्यायाधीश अभाव भएपछि पेसी स्थगित भएको हो । अदालतमा रहेका सात न्यायाधीशमध्ये तीन उच्च अदालतमा नियुक्त भएका छन् । दुई बिदामा छन् । गोला गर्दा रहेका दुवै न्यायाधीशको भागमा मुद्दा नपरेपछि सुनुवाइ सरेको जिल्ला अदालतका स्रेस्तेदार उद्धव ढोडारीले बताए । ‘आलमसँग सम्बन्धित मुद्दाको पेसी आइतबार स्थगित भएको छ । अर्को पेसी २० वा  २१ माघमा तोकिनेछ । न्यायाधीश अभाव हुँदा पेसी स्थगित भएको हो,’ उनले भने । 

आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ । जिल्ला अदालत रौतहटले गत २२ कात्तिकमा मुद्दाका पक्ष र प्रतिपक्ष दुवैलाई १५ दिनभित्र बहस नोट पेस गर्न आदेश गरेको थियो । तर, आलम पक्षका दुई अधिवक्ताबाहेक अन्यले हालसम्म बहस नोट पेस गरेका छैनन् । 

पीडित पक्षबाट बहसमा उत्रिएका अधिवक्ता पुष्प पौडेलले पेसी स्थगित हुनुमा न्यायाधीश अभाव र बहस नोट पेस नहुनु दुवै कारण रहेको बताए । ‘समयसीमा तोकेर नै अदालतले बहस नोट पेस गर्न भनेको थियो । सोहीअनुसार पीडित पक्षबाट बहसमा उत्रिएका सबै अधिवक्ताले बहस नोट पेस गरेका छन्,’ उनले भने, ‘तर, आलमको पक्षबाट बहसमा उत्रिएका अधिवक्ता दुईजनाले बाहेक अन्यले हालसम्म पनि बहस नोट पेस गरेका छैनन् । त्यसो हुँदा पनि आइतबारको पेसी सर्न पुगेको हो । न्यायाधीश अभाव पनि अर्को कारण हो ।’

आलम पुर्पक्षका लागि हाल ललितपुरको नक्खु जेलमा छन् । यसबीचमा तीन १७ पटकसम्म पेसी सरिसकेको छ । न्यायाधीश ‘आफूअनुकूल’ नभएपछि आलम पक्षका अधिवक्ताबाट पटक–पटक पेसी सारिँदै आएको छ । बहस नोट पेस नगर्नुको पछाडि यसै रणनीतिले काम गरेको हुन सक्ने आशंका छ । 

मुद्दाको बहस जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा गत २१ कात्तिकदेखि भइरहेको थियो । मुद्दामा जटिलता देखिएपछि न्यायाधीश बानियाँले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश गरेका थिए । अदालतका अनुसार आलमविरुद्धको मुद्दामा सरकारी वकिल पक्षको बहस २१ कात्तिकमै सकिएको छ । जाहेरीवालातर्फका वकिलको बहस पनि सकिएको छ ।