१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
दीपक बोहरा तुलसीपुर
२o८१ बैशाख २१ शुक्रबार ११:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राप्ती दुर्घटना अपडेट : थप दुईजनाको सनाखत 

Read Time : < 1 मिनेट
दीपक बोहरा, तुलसीपुर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४९:oo

दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित राप्ती नदीमा भएको बस दुर्घटनामा परी मृत्यु भएकामध्ये थप दुईजनाको सनाखत भएको छ। सनाखत हुनेमा चितवनको भरतपुर नगरपालिका वडा नं. २५ निवासी ३५ वर्षीय अनिल खड्का रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए।

खड्काको शव उनको जेठान गोवर्धन रावलले सनाखत गरेका थिए। त्यस्तै, बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ का सञ्जय केसीको पनि सनाखत भएको छ। सञ्जयका बुवा पदम केसीले छोराको सनाखत गरेका थिए। दुर्घटनामा परी मृत्यु भएका १२ जनामध्ये ८ जनाको यसअघि नै सनाखत भइसकेको छ। अन्य दुईजनाको सनाखत हुन बाँकी छ। 

यसअघि सनाखत हुनेमा बाँकेका ६० वर्षीया कुसुम बस्नेत, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरिका ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तरप्रदेशका ३१  वर्षीया मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी र भारत बिहारका ६७ वर्षीय जोगेन्द्र रामको सनाखत भएको  इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सिंहले जानकारी दिए। बसमा चालकसहित ३६ जना सवार थिए। दुर्घटनामा परी २३ जना यात्रु घाइते भएका छन्।  

नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको नमस्ते नेपाल यातायात प्रालि. नेपालगन्जको भे १ ख ३९१२ नं को बस शुक्रबार साढे १० बजेको समयमा राप्ती पुलबाट नदीमा खसेको थियो। गाडीको स्टेरिङ भाँच्चिएपछि दुर्घटना भएको चालक जिल्ला सल्यान त्रिवेणी गाउँपालिका वडा नं.४ का २८ वर्षीय लालबहादुर नेपालीले प्रहरीसमक्ष बयान दिएका छन्। 

घाइतेमध्ये चारजना गम्भीर, ११ जना मध्यम र नाैजना सामान्य रहेका छन्। घाइतेमध्ये ८ जना बुटवल, १३ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

ad
ad