१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार २३:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

राप्ती नदीमा बस दुर्घटना : कम्तीमा पाँच यात्रुको मृत्यु (अपडेट)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २३:१९:oo

दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुवाहक बस खस्दा कम्तीमा पाँचजनाकाे मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् । मृत्यु भएकाहरूकाे पहिचान खुलेको छैन ।  

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार पाँचैजनाकाे घटनास्थलमा मृत्यु भएकाे हाे । शवहरू गाडीले च्यापिएको अवस्थामा थिए । सुरक्षाकर्मी र स्थानीयले शव निकालेका हुन् ।  प्रयास भइरहेको उनले जानकारी दिए । 

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे. १ख ३९१२ नम्बरको यात्रुवाहक बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट एक्कासि नदीमा खसेको हो । बसको आधा भाग पानीमा र आधा बाहिर रहेको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि भालुवाङ अस्पतालमा लगिएको छ । प्रहरी तथा स्थानीय अहिले पनि उद्धारमा जुटिए रहेका छन् ।
तीव्र गतिका कारण अनियन्त्रित भई बस पुलबाट खसेको हुन सक्ने प्रहरीकाे अनुमान छ ।

ad
ad