१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रासस याङ्गुन
२o८१ बैशाख १७ सोमबार १२:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

म्यानमारको नौसेनाद्वारा १.४५ टन लागुऔषध बरामद

Read Time : < 1 मिनेट
रासस, याङ्गुन
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:२६:oo

म्यानमारको नौसेनाले आफ्नो क्षेत्रीय जलक्षेत्रमा १.४५ टन मेथाम्फेटामाइन (आइसिई) बरामद गरेको छ। लागुऔषध दुरुपयोग नियन्त्रणका लागि केन्द्रीय समिति (सिसिडिएसी)ले बिहीबार  सो घटनाबारे जानकारी गराएको हो।

अनुसन्धान अधिकारीहरूले जनवरी ४ मा म्यानमारको क्षेत्रीय जलक्षेत्रमा काठको डुंगाको छानबिन गर्दा उक्त लागुपदार्थ जफत गरेका हुन्।

जफत गरिएका लागुऔषधको मूल्य ३६.२५ बिलियन क्याट (१७ मिलियन अमेरिकी डलरभन्दा बढी) रहेको बताइएको छ । यस मुद्दामा पाँचजना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ।

पक्राउ परेका पाँच अपराधीसहित सातजनालाई लागुऔषध तथा साइकोट्रोपिक पदार्थ कानुनअन्तर्गत मुद्दा चलाइएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको  बताइएको छ।

ad
ad