१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष २७ शुक्रबार ०९:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिबिफिनको अध्यक्षमा पौडेल सर्वसम्मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष २७ शुक्रबार ०९:१५:००

 बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को अध्यक्षमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल सर्वसम्मत चयन भएका छन् । बिहीबार सम्पन्न सिबिफिनको १५औँ बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।यसअघिका अध्यक्ष पवन गोल्यानले पदबाट राजीनामा दिएपछि कार्यसमिति सदस्य पौडेललाई अध्यक्ष चयन गरिएको हो ।

पौडेल तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् । सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएपश्चात् उनी नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा रहेका छन् । 

अध्यक्ष पवनकुमार गोल्यानले पदबाट दिएको राजीनामा सिबिफिन कार्यसमितिको १५औँ बैठकले स्वीकृत गरेको छ । एनएमबि बैंकको आसन्न साधारणसभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित संस्थाको विधानको भावना र मर्मलाई आत्मसात् गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिएको बताए । निवर्तमान अध्यक्ष गोल्यानकै अगुवाइमा ०७६ सालमा स्थापित सिबिफिनको उनी संस्थापक अध्यक्षसमेत हुन् । 

सिबिफिनको तदर्थ समितिको गठनदेखि हालसम्म उदाहरणीय नेतृत्व गर्दै आएका गोल्यानको चारवर्षे कार्यकालमा सिबिफिनले आफूलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा समेत स्थापित गर्न सफल भएको छ ।