Skip This
सिबिफिनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार १o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिबिफिनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १o:२९:oo

 बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को उपमहानिर्देशक पदमा रोशन कोइराला नियुक्त भएका छन् । साथै, उनले कार्यालय प्रमुखको समेत जिम्मेवारी पाएका छन् । नेपालको एक अग्रणी वाणिज्य बैंकबाट हालसालै स्वैच्छिक अवकास लिएका कोइरालाले वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकसम्मको पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

व्यापार प्रशासनमा स्नातकोत्तर गरेका कोइरालाले रणनीतिक मानवीय पुँजी व्यवस्थापन, व्यवस्थापन विकास, व्यवस्थापकीय नेतृत्व विकास तथा अध्यापन, तालिम र पेसागत विकासजस्ता क्षेत्रमा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरूबाट विशिष्ट तालिमसमेत लिएका छन् । कर्पोरेट, एसएमई, खुद्रा ऋण, निक्षेप मार्केटिङ, विदेशी व्यापार, जनशक्ति व्यवस्थापन, बैंकिङ क्षेत्रको रणनीतिक विकास, वित्तीय जोखिम न्यूनीकरण, बजारको गतिशीलता, वित्तीय स्थायित्व, दिगो विकास, समष्टिगत अर्थतन्त्रको हितजस्ता क्षेत्रमा कोइरालाको गहिरो ज्ञान र अनुभव रहेको छ ।

 बैंकिङ क्षेत्रका समग्र लगानीकर्ता तथा निक्षेपकर्ताको हितको संरक्षण गर्दै वित्तीय क्षेत्रको सुदृढता र स्थायित्व, उत्पादकत्व तथा रोजगार अभिवृद्धि, नवप्रवर्तन तथा स्वउद्यमशीलताको विकास, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, आर्थिक एवं बैंकिङ क्षेत्रका महत्वपूर्ण विषयवस्तुमाथि अध्ययन–अनुसन्धान गर्दै सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा नेपाल सरकार, सम्बन्धित नियामक निकाय र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघ÷संस्थासँग निरन्तर सहकार्य र सहयोगीको भूमिका निर्वाह गर्दै आएको सिबिफिनले कोइरालाको नियुक्तिबाट थप उचाइ प्राप्त गर्ने अपेक्षा गरेको छ ।

ad
ad