Skip This
बिके श्रेष्ठको निधनले बैंकिङ क्षेत्रमा अपूरणीय क्षति : सिबिफिन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार ११:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बिके श्रेष्ठको निधनले बैंकिङ क्षेत्रमा अपूरणीय क्षति : सिबिफिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार ११:o७:oo

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको निधनबाट बैंकिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको छ । श्रेष्ठको गत सोमबार ९४ वर्षको उमेरमा निधन भएको थियो । सिबिफिनले प्रेस विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ ।

‘नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व एवं प्रतिष्ठित एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको ९४ वर्षको उमेरमा भएको अकल्पनीय एवं दुःखद निधनले सिबिफिन परिवार स्तब्ध एवं मर्माहत भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको हामीले महसुस गरेका छौँ ।’ 

नेपालको बैंकिङ क्षेत्रमा श्रेष्ठले अमूल्य योगदान पुर्‍याउएको भन्दै सिबिफिनले उच्च सम्मान व्यक्त गरेको छ । ‘उहाँका युगान्तकारी कर्म र पहलहरू नेपालको बैंकिङ इतिहासमा स्वर्णिम अक्षरमा दर्ज हुनेमा हामी पूर्ण विश्वस्त छौँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘जीवनको अन्तिम समयसम्म पनि गुणस्तरीय, विश्वासिलो र सर्वसुलभ बैंकिङ सेवाको विकास एवं विस्तारमा क्रियाशील रहनुभएका श्रेष्ठका उदाहरणीय कार्यहरू हामी सबैका लागि उत्प्रेरणा र ऊर्जाको स्रोत बनिरहनेछन् ।’ 

ad
ad