१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १५:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:५८:oo

वासिङ्टनले यसै साता हुने निर्वाचनपछि ताइवानमा एक प्रतिनिधिमण्डल पठाउने बताएपछि चीनले स्वशासित ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीन–अमेरिका सम्बन्धमा गम्भीर क्षति नपुगोस् भनेर वासिङ्टनले ताइवान क्षेत्रको चुनावमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न आग्रह गरे।  

वासिङ्टनले स्वशासित टापुमा महत्वपूर्ण निर्वाचनपछि ताइवानमा ‘अनौपचारिक’ प्रतिनिधिमण्डल पठाउने घोषणा गरेपछि उनले भने, ‘चीनले अमेरिका र ताइवानबीच कुनै पनि प्रकारको आधिकारिक आदान–प्रदानको कडा विरोध गर्दछ। ताइवान चीनको अविभाज्य अंग हो।’

माओले बेइजिङसँग चुनावलाई लिएर तनाव नबढाउन अमेरिकाले दिएको चेतावनीको पनि विरोध गरे। उनले भने, ‘ताइवान क्षेत्रको निर्वाचनलाई लिएर अमेरिकी पक्षले गरेको अनावश्यक तामझामप्रति चीन कडा असन्तुष्टि र विरोध जनाउँछ। हामी अमेरिकी पक्षसँग दुई देशका नेताले गरेका प्रतिबद्धता पूरा गर्न व्यावहारिक कदम चाल्न आग्रह गर्दछौँ।’ 

ad
ad